साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई प्यारो सत्ता

अघिपछि गाडी गुड्छन् बजाउँदै साइरन सुकिला मुकिला लुगा मन लाग्ने लाइरहन सुरक्षाको चिन्ता छैन पुलिस सेना वरिपरि सत्ताबिना बाँच्नु पर्ला चिन्ता लाग्छ घरि घरि ।

Nepal Telecom ad

नारायण ज्ञवाली :

इमान बेइमान के हो ? बुझेर बुझ पचाउँछु
स्वार्थ मेरो मिलाउनलाई सबैतिर छच्चाउछु
जालझेल तिगडम गरी सत्ता मैले बचाउँछु
कहिले केही बिग्रिएमा बबन्डर मच्चाउँछु ।

शत्रु भनी लडाइँ लडेँ सबै मित्र भइसके
सत्ताको स्वार्थमा मिल्न शत्रु भन्ने आइसके
सत्ताको गुलियो चुस्कीसँगै बसी लगाइसकेँ
भुलेर हिजको बाटो निष्ठा सबै बगाइसकेँ ।

समावेशी कुरा गर्छु सबैलाई भुलाउँछु
राख्छु सबै वरिपरि आश्वासनले डुलाउँछु
बेपत्ता र सहिदका कुरा गर्छु जोडैसँग
कुरा गर्छु चर्को चर्को बनाउँछु सबै दङ्ग ।

कुरा फेर्छु छिनछिन सत्तामा टिक्नुपर्दछ
न्याय कानुन छिन्न भिन्न कसले पो के गर्दछ ?
बोल्न सक्छु मिलाएर सत्ता मेरो वरिपरि
कहिले वारि कहिले पारि बिताउँछु दिन यसैगरी ।

कहिले दबाब बढाएर डर दिन्छु तर्साउँदै
बितेका घटनालाई सम्झीसम्झी दर्साउँदै
के गरेँ के गर्छु मैले थाहा छैन आफैलाई
जानेको छु रङ्ग फेर्न अघि सार्छन् सबै आई ।

अघिपछि गाडी गुड्छन् बजाउँदै साइरन
सुकिला मुकिला लुगा मन लाग्ने लाइरहन
सुरक्षाको चिन्ता छैन पुलिस सेना वरिपरि
सत्ताबिना बाँच्नु पर्ला चिन्ता लाग्छ घरि घरि ।

०००
लोकन्थली, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म सांसद

म सांसद

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
हाम्रो प्रवृत्ति

हाम्रो प्रवृत्ति

नारायण ज्ञवाली
धोका

धोका

नारायण ज्ञवाली
म नेता

म नेता

नारायण ज्ञवाली
मान्छे

मान्छे

नारायण ज्ञवाली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x