साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुविधे महाभारत गफ !

फडी लेखक हो, यसैले उसका ठगेर जमौँ र उँभो लागौँ भन्ने उसका भावना उसबाट हराएका छन् । यसै गरी यहाँ शिर ठाडो पारौँ नत्र त भास्सिने भइयो भन्ने भावना फुरेकाले जानेसम्मको कलमे सिपद्वारा यहाँ केही अति भयो ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

महाभारत भ्रष्टाचार ! महाभारत गफ !

आजको जुगमा पनि महाभारतका कुरा प्रशस्त छन् । जान्नेहरू ठुला भ्रष्टाचारलाई ‘महाभारत भ्रष्टाचार’ भन्छन् । गलैंचाकाण्डदेखि पञ्चायतका रकम हडपकाण्डसम्मका ‘महाभारत भ्रष्टाचार’ यहाँ अनगन्ती छन् । भ्रष्टाचार गन्नु र तारा गन्नु एकै भएको छ आज । यस्तो बेलामा गफडीका ‘महाभारत भ्रष्टाचार’ पाठकले न पढी नै साध्य होला, न बुझी नै साध्य होला ! अचेल त्यसैले ‘महाभारत भ्रष्टाचार’ का गफ भए भने त्यस्ता गफलाई सर्वसाधारण दाल-भात जस्तै स्वाभाविक मान्छन्, त्यसैले नै गफडी सुझाउ दिन्छ- हे इमान्दार ठान्नेहरू- इमान्दार हुँ भनी हात नफैलाउनोस् तपाईंको इमान्दारी महाभारत फोहोरले दुर्गन्धमय भइसकेको छ । इमान अब एक प्रकारको आडम्बर भएको छ, इमान एउटा असम्भव जस्तो कुरा भएको छ । इमानदारी स्वाङ मानिन्छ, ढ्वाङ मानिन्छ । यिनै कुराले होला गफडी यदाकदा द्विविधा महामहोपाध्याय बन्छ ऊ इमान्दार बनी इमानमा हिँडोस् वा हिँड्ने सल्लाह देओस् वा युगीन महाभारतको वीर अर्जुन बनी दुवै जेव गरम गरोस् ! जेव गरम भए मात्रै चेस्मा ढल्काउन पाइन्छ, बिल्डिङ पनि ठड्याउन पाइन्छ, कार कुधाउन पाइन्छ- जी, ज्यू, बाट ‘बाबु’ हुन पाइन्छ । ‘साधारण’ बाट ‘विशिष्ट’ वा भी.आई.पी. हुन पाइन्छ । जान्ने-बुझ्नेवाट बुज्रुग हुन पाइन्छ । महाभारतको युधिष्ठिर हुने भए पाताल पुगिने हुनुपर्छ । वीर अर्जुन-घुस्याहा भएर मात्र हुन सकिन्छ, महान् श्रीकृष्णभक्त !

श्रम बगाउनेका कथा-व्यथा
यदा-कदा गफडी यहाँ सुन्छ, श्रम बगाउनेका कथा । यो कपोलकल्पित लाग्ने कथा सुनेर गफडी छक्क पर्छ । यस मरुभूमिमा यस्ता कुरा कताबाट उठ्छन्, त्यसमा पनि गफडी छक्क पर्छ । यहाँ अझ पनि मान्छे छन् श्रमको कदर गर्ने ? समाजसेवीको कदर भएन भनेर समाजविरोधी भई डुक्रिने ठाउँमा श्रमजीवीका कुरा हुनु आकाशकुसुम लाग्छ गफडीलाई । यहाँ मर्नेले मर्नुपर्छ र वाँच्नेले बाँच्न पाउनुपर्छ- गफडीले देखेका कुरा यहाँ बाबुसाहेव हुन सक्नेले नै चस्मा ढल्काएको सुहाउँछ । हे श्रमजीवी ! तिमी सडेर जाऊ, खेर जाऊ, कुनै अवस्थामा तिमी उपल्लो तहमा नपुग । यही नै युगको माग हो । यस्ता कुरा हुँदा गफडी दुविधामा पर्छ र एक मन भन्छ- वास्तवमा, ठगी गफ छाँटी समाजसेवीको पगरी गुती भुँडी फुलाउनका सट्टा श्रम बगाउनु गफडीको भुल हो । अरूको पनि यसो गर्नु भुल हो ।

ठग ! सकेसम्म ठग !
आजको समय भन्छ- आजका मानिसहरू भन्छन्- हे नयाँ जुगका मान्छेहरूहो ! तिमीहरू ठग, बेस्मारी ठग, जेभ भर । चाहे छ दशक लामो साहित्यसेवाको नाममा, वा केही लेख लेख्न जानेका नाममा, चाहे गरेका वा नगरेका नाममा, अथवा पत्रकारिता गरेका नाममा, त्यसबाहेक राजनीति गरी कुरा जोतेका नाममा सर्वप्रथम तिमी ठग । बस, यसैबाट तिम्रो कल्याण हुन्छ । यही भन्छन् आजका ठगहरू । कतिपय प्रबुद्धले टोपी ढल्काएका छन्- राम्ररी ठग्न जानेको कारणवाट । ठग्न नजान्नेहरू ! तल्लो पदमा वा तलका कुर्सीमा सधैँभरि बस । तलका जनतासँगै बस । हे अठगहो, ठग्न जानेकादेखि थिचिएर तिमी सदा तलै पर ।

पातमा पात ! बातमा बात !
माथिका कुरा गफडीलाई पातमा पात भए झै बातमा बात हुँदा फुरे । गफडीले ठग्न नजानेर उसले ऊजस्ता मान्छे ङिच्चिएको र थिचिएको अनुभव गरेको छ, यसैले गफडी आज पनि तथाकथित जमिन्दारीबाट छक्क परेको छ । नफक्रिएको कोपिला जस्तो उसको इमानदारिता त्यसै अलपत्रिएको उसलाई अनुभव हुन्छ । ऊभित्र बसेको उसको ठग्न नसक्ने सोमोपन उदास-उदास छ । गफडी लेखक हो, यसैले उसका ठगेर जमौँ र उँभो लागौँ भन्ने उसका भावना उसबाट हराएका छन् । यसै गरी यहाँ शिर ठाडो पारौँ नत्र त भास्सिने भइयो भन्ने भावना फुरेकाले जानेसम्मको कलमे सिपद्वारा यहाँ केही अति भयो । यतिमै आफ्ना मनमा लागेका सम्पूर्ण कुरा गफडीले पोखिदियो । पातमा पात र बातमा बात भएझै धेरै कुरा गफडी अझ पनि गर्न सक्छ, तर आजलाई यति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क १८,२०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x