सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई कुरा !

यस्ता विषयमा दुई कुरा सम्पूर्ण क्षेत्रमा गन्ती गरे कति खाता भरिन्छन् । राजनीतिक क्षेत्रका दुई कुरा राजनीति र कूटनीति प्रसिद्ध छन् भने 'सेवा' र 'मेवा' पनि प्रसिद्ध छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

दुई शब्द-दुई कुरा
कितावका भूमिकाहरूमा दुई शब्द, दुई कुरा लेख्ने चलन देख्दा आहारिसे गफाडीलाई पनि यो पटकको गफमा ठुलो मान्छे भई यस्तै विषयमा गफ हाँक्ने इच्छा भयो । हुन पनि गफडी दुई कुरा जान्दछ- एउटा गफ लेख्न, अर्को गफ लेखेर अधोमतिवालामा दर्ता हुन । यहाँ सृजनको मूल्य छैन । यहाँ दुई कुराको मूल्य छ । एक त, उत्तेजना जसबाट मान्छेले हत्याको कुरो बुझ्छ अथवा जासुसी नै सही । दोस्रो, सस्तो मनोरञ्जन । सस्तोमा नै काम सक्न पाए र आनन्द लुट्न पाए यहाँ हुन्छ । कुनै कार्यालयमा जानोस्, त्यहाँ दुई कुरा पाउनुहुन्छ- एक घुस नभए कागजीय काम अल्मलिने, अर्को सोर्स नभए त्यस कामले हैजाको शिकार हुनुपर्ने । घरमा पनि प्राय दुई कुरा देखिन्छन्- एक कमाउने, अर्को उडाउने । दुई कुराको खोजी अध्ययनीय छ।

दुई कुरा ! दुई कुरा
दुई कुराको प्रसङ्गमा एउटा चुसिने वर्ग छ यहाँ । गफडी देख्छ- एक शोषक, एक शोषित- अर्थात् एउटा चुस्ने वर्ग छ यहाँ, एउटा वर्ग मूर्ख छ यहाँ । एउटा सम्पन्न वर्ग छ यहाँ, एउटा विपन्न वर्ग छ । रेडियोमा हेर्नोस्, एउटा गाउने वर्ग छ एउटा नाच्ने । कुनै भाषणमा हेर्नोस् एउटा मनपरी भन्ने हुन्छ, एउटा मन नपरी- नपरी पनि सुन्ने हुन्छ । एउटा चाकरी लिने वर्ग छ यहाँ भने एउटा चाकरी गर्ने वर्ग- यहाँ पनि दुई कुराको जादू छ। गफडीलाई हाँसो तब उठ्छ, जब तल एक पत्रकारमाथि एक पत्रकारले दुई ठाउँबाट दुई कुरा गरे भने यहाँ निकै धेरैका भाग्य बिग्रन्छन् । जे, यहाँ एउटा भाग्य बिग्रने वर्ग छ, एउटा भाग्य सप्रने ।

भाग्यं फलति सर्वत्र
वास्तवमा, भाग्यका कुरा आए- कोही यहाँ भाग्यमानी छन् जो पदप्रतिष्ठित छन्, हिजोका लखपति अब करोडपति छन्, कोही यहाँ भाग्य बिग्रिएका छन्, जो शिक्षक छन्, निम्न कर्मचारी छन्, समाजसेवी छन्, किसान छन्, फुच्चे साहित्यकार छन्, पहुँच पुर्याउन नसक्ने पत्रकार छन्, भाग्य फल्नेका फलेका छन्, नफल्नेका पटक्क फलेका छैनन् ।

पातमा पात ! बातमा बात !
कुरा ‘दुई कुरा’ मा भए पनि पातमा पात भएझै बातका बात हुँदा गफडी धेरैमा दुई कुरा देख्छ । एउटा कुर्सीमा बस्ने भुइँमा हिँड्ने, एउटा कारमा कुद्ने, अर्काे बेकार दौडिने, यस्ता दुई कुराको चर्तिकला छ यहाँ । यहाँ जङ्गल लुट्ने एउटा छ भने लुटिने अनेक छन् । यहाँ जङ्गल नाप्ने अनि जङ्गल सुरक्षामा गोहीक अाँसु चुहाउने एउटा वर्ग छ भने एउटा वर्ग छ विनाशमा हाँस्ने । यहाँ रचनात्मक प्रवत्ति छँदै छैन भने एउटा ध्वंसात्मक प्रवृत्तिको कुरा छ । यस्ता डरलाग्दा दुई कुरा देख्नुपर्दा गफडी एउटा तन्द्राकै स्थितिमा पर्छ । अरू पनि दुई कुराका नमुना टुङ्ग्याउनीमा यस प्रकार छन्-

शिक्षाक्षेत्रमा
एउटा परिश्रमले पढाउने वर्ग, अर्को ठगठाग गर्ने, तर सोर्सका भरमा प्रतिष्ठित रहने । काठमाडौंका सेरोफेरोमा बंसी लगाएर अनुसन्धान गर्ने एउटा वर्ग, अर्को शक्तिविहीन भई सधै घोटिने गर्दभवर्ग । यस क्षेत्रको निचोड- मास्तिर शक्ति भएपछि पठन-पाठन र लेखनशक्ति शून्य भए पनि उन्नतिका ढोका खुला !

प्राविधिक क्षेत्रमा
(१) एउटा यस्तो प्राविधिक वर्ग ‘सर्वज्ञ’ छ र प्रायः सर्वभक्षी छ, जो अनि त्यहीं एउटा यस्तो वर्ग छ- जो यिनका शोषणमा आफू मात्र वर्वाद हुन्न, देश नै शोषित उत्पीडित र पछाडिएको हुन्छ । प्राविधिक वर्ग प्रायः विल्डिङपति छ । उसले बाटो मिचे पनि हुन्छ, जसले जे-जस्तो प्रतिवेदन दिए पनि अवैधानिक हुन्न ।

यस्ता विषयमा दुई कुरा सम्पूर्ण क्षेत्रमा गन्ती गरे कति खाता भरिन्छन् । राजनीतिक क्षेत्रका दुई कुरा राजनीति र कूटनीति प्रसिद्ध छन् भने ‘सेवा’ र ‘मेवा’ पनि प्रसिद्ध छन् । ‘कुर्सी’ माथि भुई तल पनि प्रसिद्ध छन् । ‘कोटा’ र ‘पर्मिट’ यी दुई कुरा प्रसिद्ध हुन् भने ‘चाकरी’ र ‘चुक्ली’ पनि प्रसिद्ध नै हुन् । आजका गन्थने दुई कुरा यहीं सकाैँ। आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ३६, २०३७
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
कार्यक्रम गफ !

कार्यक्रम गफ !

चूडामणि रेग्मी
सहुलियत प्रकरण !

सहुलियत प्रकरण !

चूडामणि रेग्मी
मौके गफ !

मौके गफ !

चूडामणि रेग्मी
अन्योल परेका गफ !

अन्योल परेका गफ !

चूडामणि रेग्मी
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x