साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्रामोन्मुख वजेट, प्लेटो र अन्य गफ !

घर छोडेर हिंड्नु राजनीति हो भने पसलमा कुरा कथुर्नु पनि राजीति नै हो । सानसित पञ्च बन्नु र ल्याँठ कर्मठ बन्नु पनि राजनीति नै हो । त्यसैले यथाेचित प्लेटोको चेताउनी तथाकथित ङार्रङुर्र अनि घरका पञ्चैवाजा-सव सामयिक व्यङ्ग्य हुन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

प्लेटोको गफडीलाई चेताउनी !
ग्रामोन्मुख वजेटको कोलाहल सुनी पातो भर्न कलम लिएर डटेको गफडीलाई भित्र पसेर प्लेटोले घोक्रेछुत्ती लाइने चेताउनी दिँदै भने- ‘हे गफडी ! तिमी सारणा कलमवाज, जो खालि जङ्गल-मङ्गलको कुरा लेख्छौ, तिमी कि वृक्षरोपणको बात गर, कि सोल्टीका कुरा नै गर। कि नर्सिंङट्वाक र भुत्ले साग वाली नै काम – मुरा कुरा गर, मरे तुल्य कुरा नगर । दराखरा काम-कुरा गर ! गर्दैनौ तसर्थ तिमीलाई त्यस्तो झापडको सम्झना गराउँछ, जसबाट पर्मिट वितरण गरी कर्मठ रिझाउनु परोस्, अथवा घोक्रेछुत्ती-जसबाट कैयौंलाई ठेकापट्टा वितरण गर्नुपरोस् ।’

प्लेटाेले सम्झाए- ‘हे गफडी त्यस्ता बकुल्लाभक्तका कुराको प्रशंसा गर, जो छाेरालाई दर्जिलिङमा पढाउँदै राजधानीमा झुप्रो बनाउन बल्ल सक्तै रेकर्ड राम्रो बनाउने प्रशासकमा एक नम्वर दरिन्छन् । पहुँच पुगेकाहरूको पहुँचको तिमी ज्यादै कदर गर्ने गर । गफडी ज्यादा वकवकचाहिँ नगर । हे गफडी । सुन्दै छु तिमी कट्टरपन्थी’ र ‘उदार’ के-के हो भन्दैछौ अरे । कर्मठ हुन् यी सबै । देशसेवी हुन् यी सबै । बुझ्याै ? यस्ताको तिमी ‘कायेन-वाचा-मनसा’ कदर गर्ने गर, जसले विसविस वर्ष कर्मठतामा बिताए । तिनीप्रति कृतज्ञ वन । निद्रामा परी घुरेनन् जो, पारि हराएनन् जो, ती अमरात्माभन्दा थाेरै घटी यस्ता कर्मठहरूलाई शिर झुकाई कदर गर्ने गर। जो ढल्के टोपी र वान्की परेका लुगा लगाएर ढलक ढलक ढल्किन्छन्, ती हाम्रा गौरव हुन् भन्ने ठान ।

ए गफडी। यहाँ मान्छे भूमिसुधारलाई ‘भुँडीसुधार’, कृषिविकासलाई ‘कुर्सीविकास’ वचतलाई ‘पचत’ र ‘अन्तशुल्क’ लाई ‘आफन्त पल्क’ शान करलाई ‘करकरे कर भनेर नाम बिगार्छन् । नाम बिगार्ने हुल्याहा काममा लाग्नेहरूका उरालामा तिमी लाग्यौ भने काम लाग्दैनौ । ग्रामोन्मुखी वजेट भएको वर्ष तिमी कर्मठ वन, म भन्छु। तिमी रामरी सुन। यो प्लेटोको आवाज, गुन रामरी, नत्र … ।

एउटा डार्र ! एउटा डुर्र !
गफडीले पातो भर्न कस्सिएका बेला कताबाट एउटा ङार्र । एउटा ङुर्र को आवाज आयो । ङार्रले गफडीलाई भन्यो- हे गफडी । तिमी ङुर्रका कुरा रामरी सुन । तो वारे के हुन् ? गुन। ङुर्र के हुन् गुन। ङुर्रले गुफडीलाई भन्यो- ‘हे गफडी ! तिमी कान खोलेर सुन’ ‘ती ङार्र के हुन् ?” गफडीले गम्यो, गुन्यो केही सुझाउन नकेन। ङार्र र ङुर्र को हुन सक्छन् विराला ‘दुध खाने बिल्ली। देश भाँड्ने सिल्ली ।’ एउटा कवि कुरो गर्ने । गफडी भने विरालालाई ‘साधुविराला’ नै भन्छ । ती विरालालाई गफडी साधू ठान्छ । ती साधु हुन् हाम्रा विकासप्रेमी कर्मठहरू जस्ता । वरा । ती तपस्वी हुन् विराला जो मात्र दूध सेवन गर्छन् । जसरी हाम्रा कर्मठ यसो साधारण टी.ए.डी ए. खान्छन्, बजेटको यसो सानो रकम मिलाउँछन् । ती विराला यदा-कदा कर्मठले ठेक्कापट्टा झैं यदा-कदा यसो भेटे मासुका टुक्रा खान्छन्- तर यी साधु विरालाको एउटा तुच्छ दोष छ यी आपसमा ङारङुर गर्छन् । यस्तो त कहिलेकांही हुन्छ नै ।

युवापञ्च त हुन्छन् । विचरा थोरै चन्दा र धोरै रकम कलम पनि यत्राे कडा जोस देखाउँदैछन् यो । यत्रो पातो भर्ने बेला गफडीलाई अनि ङारङुरले ‘बाधा’ गरेकोले जड़ चाहिँ उठ्‌यो । प्लेटोको चेताउनी, यो ङारङुर । बार पाता भर्ने साइत गफडीलाई गजव परेको लाग्यो ।

नानीको सनई ! श्रीमतीको बाजा
यसै शुभ अवसरमा पातो भर्ने महत्वपूर्ण कार्यको विरुद्ध नानीले सनाइ बजायो, श्रीमतीले बाजा बजाई । यो वर्षको यत्रो ग्रामोन्मुखी र कर्मचारीलाइ रासनपानी जुटाउने बजेट भएका वर्ष राम्रो नाना ड्याडी भनेर लेघ्राे तानेर नानीको सनाइ बजेको सुन्दा गफडीलाई सारै रिस उठ्यो । (यी ड्याडे र म्यामेले पनि मारे । वावु, वुवा, वा भन्न पनि छाडे, आमाको साटो मम्मी रे । त्यसै रिस उठ्छ उत्ता श्रीमतीको बाजा एउटा सिनेमा हेर्न पनि पाइएन, सुन्दै छ । सिनेमा हल नै बन्द हुने भओ मनमा भने खुच्चिङ, तर मुखले चाहिँ भने हुन्छ, सिनेमा हेरौ नयाँ वर्षको खानदानीले मात्र मजा लुट्न सक्ने मजा अब हामी पनि लुटाैँ ।’ और च्याउँकीले फेरि तुरुन्त थपी ‘चिनी पाईदैन । बजारमा गयो जे पनि मुगो, मरे म त।’ यस्तो सुनौलो वजेट भएको वर्ष गड्‌यौले गाँडू कुरा सुनेर गफडीलाई उत्पात रिस उठ्‌यो – तर आफै उठेको रिस आफै पो मर्यो। ए झ्वाँक त पातो भर्ने काममा पञ्चैवाजा बज्नाले नै अघिदेखि उठेको थियो । जसमा प्लेटोको चेताउनीले मगजै रन्किएको थियो, सारा जोस एक प्रकारले थन्किएको थियो । लाचारी ! चुप!

पातमा पात ! वातमा वात !
अरे हजुर हो । केराका पातमा पात भएझै वातमा वात हुन्छन् । कुरा गर्ने वाक्तैनन् । नयाँ शिक्षामा कुरा गर्ने धेरै छन्, जो मजले गर्छन् । आन्तरिक मूल्याङ्कन, क्रेडिटआवर्स, लेसन प्तान, नवुभने कोही छैनन् । त्यहाँ पढ्‌ने छात्र, पढाउने शिक्षक, सर्टिफिकेट प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर हुन् । यत्ति नै हुन् कुरा ! किन पढाइ भएन ? किन छात्र पढ्दैनन् यी सव कुरा पढ्ने पढ्दैनन् । पढाउने पढाउँदैनन्, मुन्धुम यत्ति । अनि के चर्चा गर्ने ? प्रमोसन । स्वार्थी खोज्छन् । धेरै शिक्षक ? अल्छे शिक्षक खोज्छन् । तलव वृद्धि यति नै पहिले थिएन, बस । यस्तै राजनीतिका कुरा पनि सजिलै छन् । घर छोडेर हिंड्नु राजनीति हो भने पसलमा कुरा कथुर्नु पनि राजीति नै हो । सानसित पञ्च बन्नु र ल्याँठ कर्मठ बन्नु पनि राजनीति नै हो । त्यसैले यथाेचित प्लेटोको चेताउनी तथाकथित ङार्रङुर्र अनि घरका पञ्चैवाजा-सव सामयिक व्यङ्ग्य हुन् ।

हजूहरूले देख्यौ होला- अचेलका लेखकको यस्तै हो पारा । यसै पाता भरियो । तर हजुरहरू हाे, पातो जसरी-तसरी भरियो तर श्रीमाननीय पन्तजिउका वजेटले पो मरियो । जङ्गल च्वाप्प । बजेट भवाँम्म । भएपछि रासन र पानीले के लछार्छ लौ न ए गाँठे हो। पर्भु हो। जानिफकार हो । पन्तजिउले ल्याएको नयाँ स‌ङ्कटबारे सोचौं । लौ तु सोचौं है। आजलाई यस्तै । आगे फेरि…. ।

०००
युगज्ञान वर्ष ११, अड्क ४०, २०३७
गफडीका गफ (२०६३) 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कार्यक्रम गफ !

कार्यक्रम गफ !

चूडामणि रेग्मी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x