साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यक्रम गफ !

तपाईहरूलाई सधै यस्तो प्रमुख भ्रमणकार्यक्रम गरी टी.ए.डी.ए. समेत प्राप्त भई काठमाडौका जाडामा आफ्ना परिवार रिझाई आफू मोज मार्ने मौका मिलिरहोस् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कसैलाई के ? कसैलाई के ?
गफडीले जे भए पनि, महंगीको मार परे पनि रोग बाहिर नभए पनि र विकराल समस्याका अज्ञात दैत्यले आक्रान्त नगरेको भए पनि, सुगर लुके पनि र रक्तचापले भित्र-भित्रै चाप्ने तरखर गरे पनि, यदाकदा बुढी कराए पनि र यदाकदा साहुले ढोकामा पदार्पण गरे पनि, बोल्ने लेख्ने कुरामा के बाेल्ने र के लेख्ने भने जनाउनुपर्छ रे । भन्ने यता उताका कुरा चले पनि भैगो धेरै के भनौं अघि बढ्न नसकेर पछि लडेकै अभागी खप्परको ठानिए पनि र ‘बाबु’ आदि उपाधिरहित र ‘जिउ पनि बढा मुस्किलले भनिए पनि आजको रात पनि बडा मजले सुतेर कटायो ।विहानपख गफडीजिउका कानमा मोटरको आवाज आयो र उसले मान्छे बाटामा भए हटाउन, पाखामा भए बाेलाउन हर्न बजायो अनि उसले भर्नुपर्ने पाताको सम्झना पनि उसलाई आयो अनि उसका दिमागमा कसले आफ्नो दैनिक कार्यक्रम सुरु गरे झै उसले स्तम्भलेखक भएका नाताले आफ्नो पातो भर्नुपर्ने कार्यक्रम गर्नुपर्ने हुँदा कार्यक्रमका विषयमा उसलाई रौं ठाडा पार्ने गफ फुरे ।

साँच्चै सन्सार परिवर्तनशील छ !
एकापट्टि गफडीले देख्यो नानीहरू उठेर पहिले रुन थाले, त्यसपछि क्रमश खेल्न थाले । गफडीका महत्वाकाङ्क्षी मरन्च्यांसे पारिवारिक सदस्यहरू पनि कोही भात पकाउन थाले, कोही कसिँयार बढार्न थाले। सडकमा गोडा चारेक म्याराथुन कुधुरीका सोखी केटाहरू दौडने कार्यक्रम गर्न थाले भने प्रहरीको एक हुल पनि आफ्नो दौडाइ कार्यक्रममा अनुशासनपूर्वक आए । त्यतिखेरका प्रहरी र आत्तिएको मोटरमा हुलका हुल इन्ट्री लिएर कतै जाने प्रहरीमा धेरै फरक छ । (हो नि कार्यक्रममा अन्तर आयो नि ।) ऊ मिस्त्रीहरू विल्डिङ ठड्‌याउने कार्यक्रममा हिंडे र ती सयौ जनता जनार्दन दैनिक आठ रुपियाँमा दिनभरि पसिना बगाउने कार्यक्रममा हिंडे । यिनका पसिनाले धान रोपिन्छन्, पटुवा गोडिन्छन्, विल्डिङ ठडिन्छन्- यिनको पसिना चुहाउने कार्यक्रम छ भने धनपतिको मोज मार्ने कार्यक्रम छ।

यसरी कार्यक्रमको सनातन रूप देखिन्छ रपनि त हामी सबै भन्छौं सन्सार परिवर्तनशील छ । लौ भन्नुहोस् त सन्सार कसरी परिवर्तनशील छ ? अफगानिस्तान आदिमा उपनिवेशवादी पर्खाल यथावत् छ । ठुला राष्ट्रले साना राष्ट्रलाई ठुला मान्छेले सानालाई सताउने हेप्ने प्रवृत्ति यथावत् छ । खोइ परिवर्तन यस दृष्टिकोणले लाटो गफडीका दिमागमा प्रान तेर्सिन्छ । कसरी सन्सार परिवर्तनशील छ। शोषण कार्यक्रम यथावत् छ । सताउने कार्यक्रम यथावत् छ । जङ्गबहादुर गए, उनको भूतले तर्साउने कार्यक्रम यथावत् छ। कसरी भनेको होला सन्सार परिवर्तनशील छ ? (इ लेख्तालेख्तै सन्सार कहाँबाट कहाँ पुगिसक्यो ।) मा गफडीका कोठामा दिउँसै मुसा दुगुर्ने कार्यक्रम यथावत् छ।

कार्यक्रमका नाना रूप !
कति तन्देरी तरुनी फकाउने कार्यक्रममा हुन्छन् भने कति वेपारी आफ्नो काम पट्याउन कर्मचारीहरू लट्याउने कार्यक्रममा हुन्छन् । काठमाडौंमा एकपल्ट गफडीले एक उसको चिनारु पाइलटका घरमा एउटा वेपारीले साँठगाँठ कार्यक्रम चलाएको देख्दा उसलाई के लाग्यो भने काम पट्याउनेले आफ्ना काम पट्याउने कार्यक्रम जहाँ पनि गर्दा रहेछन् । सामान झिकाउन, सामान पठाउन, चिठी पठाउन, चिठी ल्याइदिन र अरू-अरू पनि मौकादाउ सिद्ध गर्न त्यो बेपारीले पाइलट भेटघाट कार्यक्रम गरेकाे थियो । यस्ता यस्ता सिद्ध तपस्वी छन् यो देशमा, तिनका सबै कार्यक्रम यहाँ वखानी साध्य छैनन् । गफडीसँग झ्वाँक्किने एक मन्त्रीको सम्झना आयो । उनको झापा-भ्रमणको कार्यक्रम भयो । उनी भ्रमण गरी फिरे । भरे कुरो बुझ्दा आफ्ना मुंडे दाजुको भूमिसुधार सम्बन्धी काम मिलाइदिन नै उनको भ्रमण कार्यक्रम भएको रहेछ । विचरा उनी ‘शिक्षामन्त्री’ मात्र थिए । अनि यस प्रसङ्गमा एक-दुई वनमन्त्रीको जिल्लाभ्रमण कार्यक्रमवारेका हल्ला के भने प्रायः उनी गोजी भर्न डुल्छन् । (भनाइ है ! भनाइ !!

एकपटक एक झन्डेले भ्रष्टाचार उन्मूलन कार्यक्रम अन्तर्गत गाउँ-गाउँ पाल टाँगेर भ्रमण गरे- उनी दुर्भाग्यवश त्यसको एक- दुई महिनामा नै निर्झन्डे भए । भनाइ छ- सो भ्रमण नभएको भए उनी जिन्दगीभरि तन्नम भएर रहने थिए । (जय होस् है, यस्ता भ्रमण कार्यको । अनि सुनेको – हङकङ भ्रमण कार्यक्रम गर्ने पाइयो भने गोडा विसेक हजारका सामान ल्याउँदा पनि उनलाई भन्सार लाग्दैन अरे ! जय होस् । जय होस् । सुवर्ण मौका जुट्नहरूको !!

पातमा पात ! बातमा बात !
हिउँद लागेपछि काडमाडौंबाट मधेसमा आउनेहरूको भीड हुन्छ । ती विभिन्न कार्यक्रम लिएर आउँछन् । (पातमा पात भएझै बातमा बात हुँदा रहेछन् है !) तिनका कुरा सुन्दा यो देशमा निकै थरीका ठुला-ठुला योजनामा हिडिरहेको रहेछ भन्ने प्रतीत हुन्छ । कोही अनुसन्धाने खालका हुन्छ त कोही समस्या बुझ्ने निहुँ पारेर कार्यक्रम पढ्काइरहेका हुन्छन् । कोही ट्रेनिङ दिने महागुरु भएर आएका हुन्छन् त कोही निरीक्षण-भ्रमणकाटी । (लौ जाडो छल्न आऊ तथा नानाभाँतीको वहानाबाजी गरेर बजेट झ्वाँम्म पार्ने प्रभुहरूको ।

तपाईहरूलाई सधै यस्तो प्रमुख भ्रमणकार्यक्रम गरी टी.ए.डी.ए. समेत प्राप्त भई काठमाडौका जाडामा आफ्ना परिवार रिझाई आफू मोज मार्ने मौका मिलिरहोस् । अँ, हिउँदमा निकै राजनीतिज्ञहरू पनि गाउँभ्रमण गर्ने कार्यक्रम गर्छन् र वर्षामा दुख पाई हिउँदमा मोज गर्ने ग्रामीण जनताका घरमा गएर ‘भाले बास्यो पुरव हेरेर गर्छन्। अर्थात् भुत्ले चाना नसिंडट्‌याँक गर्छन् । लाै रेडियो नेपालको महान् धार्मिक कार्यक्रम त्यो पनि एक घन्टाको सुरु भयो । उसका अगाडि जसका कार्यक्रम सब फिका सूर्यका अगाडि वत्ती । तसर्थ आज यत्ति गन्थन गर्दै यो लेख्ने कार्यक्रम पनि यहीं बन्द गराैँ । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अडक ३६, २०३७
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x