साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरोको जुरो !

कौडीको भाउमा अमूल्य मतदान गर्नेहरूलाई के भनौँ र खै ? कुरोको जुरो हेर्नेहरूलाई । सस्तिएको बेला भान्छामा तिहुन् फेरे जस्तै मज्जाले सरकार फेर्नेहरूलाई ।

Nepal Telecom ad

गायत्री परिरोशनी :

एक छाक मकैको
च्याँख्ला खाँदा,
पचाउँन नसकि
पाँच पटक पाइखाना
पस्नेहरूले,

एक गिलास खाटी
गाईको दुःध पिउँदा,
डायरीयाले थला
पर्नेहरूले,
विषादी नराखेको
अर्गानिक खानेकुरा खाँदा
अपच भएर हैजा
हुनेहरूले,

आफ्नो घरमा आगो लाग्दा
थपडी मारेर,
पराइकोमा सलाई कोर्दा
डाँको छोडेर
रुनेहरूले,

फाइदाको आची
हातैले चाटी,
ठेला उठेको हातलाई
छिछी र दूरदूर गर्दै
दीनदुःखीहरूलाई ज्यूँदै मारी,
आफूहरू ज्यूँदो लाश भएर सधैँ
बाँच्नेहरूले,

आफ्नो घरभित्र लामखुट्टे पस्दा
थुरथुर काम्दै,
अरुका मुद्दाहरूमा
अर्ति–उपदेशले
सगरमाथा
छुनेहरूले,

सित्तैमा चुस्न पाए
पराइ समेत आफ्नो जस्तै,
केही नपाएमा,
आफ्नो समेत पराइजस्तो
मान्नेहरूले,

प्रगति गर्दा खुट्टा तान्ने,
दुःख पर्दा लात्ताले
हान्नेहरूले ।
पाचन प्रणाली र मष्तिस्क
जति कमजोर हुँदा समेत
सजिलै देशलाई टोक्न
सक्नेहरूले,

जे–जे भन्छन्,
जे–जे माग्छन्,
तथास्तु भन्दै
कौडीको भाउमा
अमूल्य मतदान गर्नेहरूलाई
के भनौँ र खै ?
कुरोको जुरो हेर्नेहरूलाई ।
सस्तिएको बेला
भान्छामा तिहुन् फेरे जस्तै
मज्जाले सरकार फेर्नेहरूलाई ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x