साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीज्यूको सवारी हुँदैछ

निर्वाचन आएपछि आत्तिएर गाउँ पस्ने । बेलाबेला बथानसहित बत्तिएर विदेश टाप कस्ने । हेर्नोस् त ! उहाँको योगदान संसारभर कसरी फैलिँदैछ ? माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

ए बटुवाहरू !
यता नजिक पर्दै नपर
रिसले आँखा तर्दै नतर
देखेनौँ टैङ्करले कसरी
सडक धुँदैछ ?
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

ए सवारी चालकहरू !
सवारी चलाउन रोक
बरू ओर्लेर सलाम ठोक
चाल पाएनौ साइरनको आवाज
कसरी कुर्लिदैछ ?
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

धेरै डिष्टर्भ नगर !
साइकल, टेम्पो, मयुरी र ठेला
उद्घाटनमा रिवन काट्न भइसक्यो अवेला
बरू उहाँको गुणगान गाऊ र थपडी बजाऊ
वा ! हाम्रो भोट खुशीले कसरी रमाउँदैछ ?
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

देखेनौ !
उहाँका अघिपछि जम्बोटोली रहेको छ तैनाथ
यस्तो दृश्य बडो गजबले हेर्दा हुन् श्री पशुपतिनाथ
उनी पनि हर्षले गदगद हुँदै मनमनै भन्दा हुन्
वाह ! नेपालीले तिरेको कर कसरी मौलाउँदैछ ?
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

अघिपछि !
काठमाडौंमा रत्तिएर बस्ने
निर्वाचन आएपछि आत्तिएर गाउँ पस्ने ।
बेलाबेला बथानसहित बत्तिएर विदेश टाप कस्ने ।
हेर्नोस् त ! उहाँको योगदान संसारभर कसरी फैलिँदैछ ?
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

गाउँवस्तिहरूमा
समृद्धि ल्याउछु भनेर खुब लड्नुभयो
धोक्राभरि आश्वासन बाढ्दै अगाडि बढ्नुभयो
आखिर समृद्धि शहरका महलहरूमा भेटिएपछि
हेर्नोस त ! अहिले उहाँका मुहारमा कसरी चमक छाउदैछ।
माननीय मन्त्रीज्यूको सवारी हुँदैछ ।

०००
हेटौंडा -४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x