चूडामणि रेग्मीसयौं लठ्ठी खाएका गफ !
काठमाडौंको एक गोष्ठीको संझना भयाे, जहाँ प्रत्येक ठुला वक्ताले बाेल्दा-बाेल्दा सारा श्रोता थकाएपछि थाकेका श्रोतासँगै आफूले कलेलम ठोकेपछि कुर्सी रुड्ने सभापति र दुई चार वुद्ध श्रोता मात्र सभामा शेष रहे ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
लठ्ठी खान रुचाउने गदाहा !
गफडीले गधाको सम्झना गर्यो, सम्झना गर्यो भनौं वा अनुभव गर्यो गधाले जसरी लठ्ठी खान्छ र कुट्ने धोवीलाई नै महान् परमेश्वर मान्दछ, त्यस्तै गफडीले आफू र आफू जस्ता लठ्ठी खानेहरूको सम्मानमा आफ्ना गफहरुको सङ्ख्या साठी पुगेको यस शुभ अवसरमा केही लेख्ने विचार गर्यो । अँ त, अहिले पनि आफूले ऐया ! भन्ने वेला भयो कि आफूभन्दा लाखौँ निम्सराहरूले ऐया ! ऐया ! भनेर कोलाहल मच्चाएको खलवल चारैतिरबाट रन्कन्छ, गफडीको विचार तव थन्कन्छ अनि यसो-उसो हेरी गफडी ठान्दछ, गफडीलाई अहिले वास्तवमा सन्च छ ।
घाइते युग ! विमारी मान्छे !
जब लठ्ठी खाने कुरा आए यस कुरालाई लहरो ठानी कुरा गर्दा पहरो गर्जन्छ किन भन्नुहोला भने (अर्थात् किन मर्जी होला भने। यो युग घाइते युग हो । घाइते युग किन छ ? केले छ ? यो कुरा यो गफडी न राजनीतिका विद्याले जान्दछ न अर्थनीतिका विद्याले । सिरिफ गफडी युगलाई घाइते भन्न जान्दछ- कनकाई तर अथवा दमक पर होऊ, तब सडकको अघिल्तिर चारैतिर छरिएका लडेका रुख र त्यहाँका लकडी बाेक्न डुर्राएका ट्रक देख्दा यो जङ्गल घाइते भयो भन्ने छर्लङ्ग हुन्छ । कसरी ? कसले ? किन ? कसैले भन्न सक्तैन । ठुला नेताले नै वरु भने अरे- राष्ट्रिय आय बढाई नयाँ सुधिएको जङ्गल बढाउने यो ‘शुभ उपाय गरिएको हो !’ (होला ! अवश्य शुभ आर्जन गर्ने राम्रो उपाय भनेको नै यस्तै हुन्छ होला ।
अँ त, लठ्ठी खाने कुरामा युगको घाइतेवोध गफडीलाई त ढाकर देखेर पनि हुन्छ, भोक देखेर पनि हुन्छ शौक देखेर पनि हुन्छ, अज्ञान देखेर पनि हुन्छ, तर कारकुधुवा, विल्डिङठोकुवा, झन्डामा झुल्ने, घुसमा फुल्ने, पदमा खुल्ने, पैसामा भुल्नेहरू भने यस युगलाई ‘सुनौलो युग’ नै ठान्लान् । गफडी विरामी ठान्दछ आफूलाई । ज्यू यस युगका लाखौं मान्छे विरामी छन् । केले ? कसरी ? किन यी विरामी भए, त्यो कुराको तरिका भने यो गफडी के हो भन्ने नै जान्दैन । गफडी सिरिफ देख्छ- प्राज्ञ अज्ञ भएका छन् भने मूर्खचाहिं विज्ञ र उपदेशकर्ता भएका छन् । राजनीतिज्ञ पुरा भुत्ते भएका छन् त माकरीपरायण खग्गृहरू ‘राजीतिविद’ ठहरिएका छन् । लठैत कर्मठ छन्, ‘जमाते’ ने नाना जामा पहिरेका छन्, सुनिन्छ सन्छ उनीहरू विकास अधिकारी’ भएका छन्- त्यसैले नफडी कविताका भाषामा भन्छ- यहाँ विनाश लहलहाएको छ । युग घाइते विरामी छ !
व्यङ्ग्य-न-स्यङ्ग्य !
गफडीलाई व्यङ्ग्यस्तम्भ कोष भनिन्छता अब भन्नोस जसले सयौ लाठी बाएको पिरको लाठी खाएको त्यस्तालाई कुनै व्यङ्ग्य खाएको छ मास्टर वाजेको गफडीलाई एकतार आयो, उनी भन्थे – कवितायम छ। चाहन्छ भनी धेरै भन्छन्, भोको पेट आकारको जस्तममा मसी समेत कवितामा कला चाहिन्छ कार्ताकारलाई भुत्तो कता ? आफू त जस्तो देख्यो उस्तै लेखिन्छ कित्तासम । कलासला जानिदैन ।
गफडी पनि हेनॉस् हजोर हो, व्यङ्ग्य-स्यङ्ग्य जान्दैन । होइन, हल्ला छन् । हो नि यो हल्लै हल्लाको देश हो । व्यङ्ग्य लेख्ने भूपि त विपी भइसके रे- कैयौ इनकार ‘आकारका मात्र कलाकार’ भइसके रे । यहाँ इतिहास वनाउनेहरू आफ्नो इंगान आफै मेट्दैछन् रे । कुनै वेला एक सन्धि नजान्नेहरू अहिले ‘पञ्चसन्धि’ का सगुण भइसके रे । (अरेका करा ।। अँ इतिहास मेट्ने क्रामा एउटा मै हूँ भन्ने है।।। सबै सबैले जिउ’ भन्दा भन्दै ‘छि’ भइसक्यो रे । गफडी घाइते भएर आफै मरी-मरी हंदा पनि उसको यस्तो कुरा सुन्दा र यसरी उसले आफ्नो इतिहास आफैले मारेको मुन्दा तुरुक्क आँसु चुनाउँछ (होइन हजोरहो, गफडीको मन पनि ढुङ्गाको छैन नि- ईना-वेला यसो कुरा पर्यो कि रसाइरहन्छ- मौका-मौकामा है !)
आचार-सम्हिताको युग
धुक्क ! गफडी लेख्ना-लेख्तै के-के लेख्न पुगेछ, केके ! (पर्यो मनमा भन् कसको कानमा । रात र दिनमा पनि रुन्छु घाइते युगमा नि ।। घाइते युग ! विरार्मी मान्छे । आफ्नो इतिहास आफैले मेट्न आदि कुराका सन्दर्भमा यो युग त आचारसंहिताको जुग पोत पो ! विचार गरेर नवोले वोलेवापत, काइदा पारी नलेखे लेखेवापत, लिखमा दौडिएर राजनीति नगरेवापत, दायाँ-वायाँ हेर्दै पढाएवापत- यहाँ छ्यास्म यसो-उसो मात्र भयो कि भाइ, आचार संहिता आइलाग्छ । आचार-हिता एक बढ़ हो, आँधी-वेहरी आएपछि त्यो कहाँ पर्छ कोही जान्दैन । एक प्रकारको यो अज्ञात विस्फोटन हो ।
पातमा पात् ! बातमा बात !
हेर्नोस् हजोर हो- पातमा पात भएझै वातमा वात भए । शिक्षक पाके, छात्र पाके, नेता आफ्ना-आफ्ना यान्कामा लागे । प्राज्ञ पनि भत्तामा लागे भने पञ्चचाहिं सत्तामा लागे । बुद्धिजीवी यताउति भागे, कति कति चाकरीतिर लागे त कतिपय चुनीतिर पनि लागे, के-के भइसक्यो, दिन र रातमा यहाँ केके परिवर्तन भइसक्छ- तर पनि गफडीका वोधा गफ चालु छन् । सुनिन्छ-आलोचनालाई अचेल ‘आलुचना’ – मानिन्छ । ‘आलुचना’ को कुनै महत्व छैन। यहां सुन्ने र सुनेको गन्ती भन्दा पनि भन्ने र भन्नेहरूकै पधितो र उपधो गन्ती छ । काठमाडौंको एक गोष्ठीको संझना भयाे, जहाँ प्रत्येक ठुला वक्ताले बाेल्दा-बाेल्दा सारा श्रोता थकाएपछि थाकेका श्रोतासँगै आफूले कलेलम ठोकेपछि कुर्सी रुड्ने सभापति र दुई चार वुद्ध श्रोता मात्र सभामा शेष रहे ।
यहां वालनायक छन् । बहुनायक छन् । (बहुदल नभए पनि ।। यहाँ ‘प्रशासन पण्डितको जुस्क्याई, हुल्याई, चेष्ट्याई, ब्ट्यिाई, घिइन्याई, छल्याई, सिल्याई वडा घतलाग्दा, स्वादिला, रोचक, आकर्षक तथा लोकप्रिय पनि छन् । यहाँ न लेखक चल्तीमा छन्, न समाजसेवी, न राजनीतिकको धाक छ, न विज्ञको । यस्तो छ यहाँ । वेला-बेला कधुरी चल्छ, हुईयाँ चल्छ र गफडी ‘खरायो’ हुन्छ । त्यसपछि फेरि विना सङ्कोच यहाँ कच्छपगति’ चल्छ । कुमालेले हाँडीको सिंढी लगाएर स्वर्ग जाने रहर गरे झै यहाँ धेरैको धुन चल्छ । ऐया। वावै । दुखेको फेरि चक्यों। लौ त । अव कलमलाई विश्राम गर्न दिजे। आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ३७, २०३७
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































