साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमेरा

अड्डामा स्कुलमा अदालतहुँदो भन्सारमा पस्दछन् ती मन्त्रालयमा सुटुक्कसँगले आँखा छली बस्दछन् हेर्दा चिन्न सकिन्न झट्ट सब यी कस्ता चमेरा भनी सङ्ख्या भन्न सकिन्न एकिन गरी सक्दैन कोही गनी ।

Nepal Telecom ad

बिन्दु दहाल मुकदर्शक :

खाँदैछन् फलफूल नित्य तिनले लुक्छ्न् गुफामा सधैँ
गर्छन् राज रजाइँ मस्तसँगले निर्बाध डुल्छन् अझै
काला छन् रङरूप तुच्छ गुणले राती जतै उड्दछन्
भेटेसम्म अनाज बोटबिरुवा खाई सबै मुड्दछन् ।

गर्छन् नित्य उतायता गगनमा तर्साउँदै हर्दम
अर्काकै भर पर्दछन् हरपला खान्छ्न् अरूकै श्रम
मेरा यी स्तन छन् भनी मनुजमा देखाउँछन् केवल
मेरा हेर त दाँत छन् मुखभरी भन्छन् र गर्छन् छल ।

ढाट्छन् गर्त फसाउँछन् भ्रम छरी काला चमेराहरू
बढ्दैछन् गणतन्त्रमा दिनदिनै हाब्रे चमेरा अरू
मान्दैनन् विधि ऐन कानुन कुनै जस्तै बनाए पनि
हिँड्दैनन् पथमा इमानसँगले नाकी लगाए पनि ।

अड्डामा स्कुलमा अदालतहुँदो भन्सारमा पस्दछन्
ती मन्त्रालयमा सुटुक्कसँगले आँखा छली बस्दछन्
हेर्दा चिन्न सकिन्न झट्ट सब यी कस्ता चमेरा भनी
सङ्ख्या भन्न सकिन्न एकिन गरी सक्दैन कोही गनी ।

विद्या ज्ञान विवेक हुन्न यिनमा पाइन्न संस्कार नि
स्वार्थी छन् कपटी कयौँ त बहिरा हुन्छन् बिकामे अनि
हाम्रो राष्ट्र सकेर रिक्त ढुकुटी कङ्गाल पार्ने भए
हामी पुग्न सकिन्न लक्ष्य नजिकै काला चमेरा रहे ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x