साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो दागबत्ती कुरी

के जोगिन्छ र वृद्धदेह गतिलो दाना र पानी बिनु सुर्ताले पनि बन्छ देह नरको अत्यन्त दुब्लो झिनु चोला मानवको सकिन्छ पिरले लाग्दा हियोमा छुरी सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥

Nepal Telecom ad

रामशरण न्याेपाने :

ताला बन्द छ गाउँ ठाउँतिरका खन्छन् मुसाले घर
रित्ता छन् फल फूलका रुखहरू बस्छन् त्यहाँ बानर
बेसीतर्फ झरे पुगे शहर झन् कोही विदेशी पुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥१

पैसा मात्र ठुलो भयो सकलमा यस्तो जमाना भयो
फोस्रो मानवता भयो हृदयमा सम्वेदना नै गयो
छोरा छन् परदेश फिर्न घरमा गाह्रो छ मौका जुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥२

जग्गा बेच्न तयार छन् कति यहाँ पारेर पैसा बिटो
डेरामा पनि बस्न तत्पर हुँदै लाई र खाई मिठो
खाली छन् घर गाउँका मनुजका छन् जीर्ण धेरै धुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥३

छैनन् मानिस नै पहाडतिर खै चढ्ने यहाँ टाकुरी
मान्छेको मन छैन हेर वशमा चल्दैछ आँधी हुरी
चाहन्नन् दुनियाँ हरे जमिनमा घोट्नै जहाँ पाखुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥४

राखी आश्रममा बुबा अनि मुमा हल्का बनाई मन
जान्छन् पुत्र अमेरिका अरब नै आफैँ बिना उल्झन
मान्छे आपसमा भए परपरै साह्रै बढाए दुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥५

के जोगिन्छ र वृद्धदेह गतिलो दाना र पानी बिनु
सुर्ताले पनि बन्छ देह नरको अत्यन्त दुब्लो झिनु
चोला मानवको सकिन्छ पिरले लाग्दा हियोमा छुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x