सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यो दागबत्ती कुरी

के जोगिन्छ र वृद्धदेह गतिलो दाना र पानी बिनु सुर्ताले पनि बन्छ देह नरको अत्यन्त दुब्लो झिनु चोला मानवको सकिन्छ पिरले लाग्दा हियोमा छुरी सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥

Nepal Telecom ad

रामशरण न्याेपाने :

ताला बन्द छ गाउँ ठाउँतिरका खन्छन् मुसाले घर
रित्ता छन् फल फूलका रुखहरू बस्छन् त्यहाँ बानर
बेसीतर्फ झरे पुगे शहर झन् कोही विदेशी पुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥१

पैसा मात्र ठुलो भयो सकलमा यस्तो जमाना भयो
फोस्रो मानवता भयो हृदयमा सम्वेदना नै गयो
छोरा छन् परदेश फिर्न घरमा गाह्रो छ मौका जुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥२

जग्गा बेच्न तयार छन् कति यहाँ पारेर पैसा बिटो
डेरामा पनि बस्न तत्पर हुँदै लाई र खाई मिठो
खाली छन् घर गाउँका मनुजका छन् जीर्ण धेरै धुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥३

छैनन् मानिस नै पहाडतिर खै चढ्ने यहाँ टाकुरी
मान्छेको मन छैन हेर वशमा चल्दैछ आँधी हुरी
चाहन्नन् दुनियाँ हरे जमिनमा घोट्नै जहाँ पाखुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥४

राखी आश्रममा बुबा अनि मुमा हल्का बनाई मन
जान्छन् पुत्र अमेरिका अरब नै आफैँ बिना उल्झन
मान्छे आपसमा भए परपरै साह्रै बढाए दुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥५

के जोगिन्छ र वृद्धदेह गतिलो दाना र पानी बिनु
सुर्ताले पनि बन्छ देह नरको अत्यन्त दुब्लो झिनु
चोला मानवको सकिन्छ पिरले लाग्दा हियोमा छुरी
सड्ने गर्दछ लास वृद्ध कतिका त्यो दागबत्ती कुरी॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ज्येष्ठ नै श्रेष्ठ

ज्येष्ठ नै श्रेष्ठ

रामशरण न्याैपाने
आमाको सम्झना

आमाको सम्झना

रामशरण न्याैपाने
विधाता बाबुआमा हुन्

विधाता बाबुआमा हुन्

रामशरण न्याैपाने
बुढ्यौलीको राग

बुढ्यौलीको राग

रामशरण न्याैपाने
न जा भन्दा

न जा भन्दा

रामशरण न्याैपाने
पाको जीवन

पाको जीवन

रामशरण न्याैपाने
म जान्न वृद्धाश्रम

म जान्न वृद्धाश्रम

देवीप्रसाद मिश्र
आमा

आमा

फित्काैली डटकम
बाबुआमा (काव्यांश- ३०)

बाबुआमा (काव्यांश- ३०)

दीनानाथ पाेखरेल
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x