साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्दैन मान्छे हुन

मेरो देश छ रामको नगरझैँ, भन्ने यहाँ को छ र ? उम्दा धाम महेशको मुकुटझैँ, मान्ने यहाँ को छ र ? पाए लुट्न तयार छन् नरहरू, उत्पात मच्चाउँछन् । आमाको पनि चीर हर्न कसिने, यस्ता कुलाङ्गार छन् ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

सारा द्रव्य प्रशस्त रासन लिई, को सक्छ `तारा´ छुन ?
उम्दा जाँगर शिल्प पौरख भए, पर्दैन कोही रुन ।।
नाना लेप घसेर सुन्दर भई, को सक्छ `भोले´ हुन ?
दम्भी सोच खराबको मन लिई, सक्दैन `मान्छे´ हुन ।।-१

तोता पण्डितका कडा भजनले, उल्का दशा टर्छ र ?
पापी छुद्र दुसाधका हृदयमा, माया दया हुन्छ र ?
सोझा नम्र दयालु शिक्षित सबै, रोएर के हुन्छ र ?
जाली काल करालका खलहरू, नाच्छन् खुबै वानर ।।-२

कालो बादलले प्रकाश रविको, छेक्दै रमाएसरि ।
साह्रै उग्र घमन्डका कहरले, पीडा दियो बेसरी ।।
कैयौँ भ्रष्ट कुकर्म दुष्टपनले, मान्छे भए आजित ।
हाम्रो राष्ट्रिय राष्ट्रकोष धनको, होला र के रक्षित।।-३

पाजी अक्कल खेल झेल गुटका, सामर्थ्यले गर्छ के ?
नारा भाषणमा मिठा गफ गरून्, आदर्शले हुन्छ के ?
छातीभित्र छ देश आखिर भने, हारिन्न वैरीसित ।
हाम्रा पूर्वज वीरका रगतले, पा-यो जिमी सिञ्चित ।।-४

तिम्रा नक्कल राष्ट्रवाद मतले, कस्तो दियो उल्झन ।
माटो आज गुहार मागिरहँदा, को सुन्छ खै क्रन्दन ।।
चोखो चन्दन मृत्तिका छ शिरमा, भन्ने कुरा धर्छ को ?
पुर्खाको बल बुद्धिको उपजको, नेपाल हो भन्छ को ?-५

मेरो देश छ रामको नगरझैँ, भन्ने यहाँ को छ र ?
उम्दा धाम महेशको मुकुटझैँ, मान्ने यहाँ को छ र ?
पाए लुट्न तयार छन् नरहरू, उत्पात मच्चाउँछन् ।
आमाको पनि चीर हर्न कसिने, यस्ता कुलाङ्गार छन् ।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x