साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्दैन मान्छे हुन

मेरो देश छ रामको नगरझैँ, भन्ने यहाँ को छ र ? उम्दा धाम महेशको मुकुटझैँ, मान्ने यहाँ को छ र ? पाए लुट्न तयार छन् नरहरू, उत्पात मच्चाउँछन् । आमाको पनि चीर हर्न कसिने, यस्ता कुलाङ्गार छन् ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

सारा द्रव्य प्रशस्त रासन लिई, को सक्छ `तारा´ छुन ?
उम्दा जाँगर शिल्प पौरख भए, पर्दैन कोही रुन ।।
नाना लेप घसेर सुन्दर भई, को सक्छ `भोले´ हुन ?
दम्भी सोच खराबको मन लिई, सक्दैन `मान्छे´ हुन ।।-१

तोता पण्डितका कडा भजनले, उल्का दशा टर्छ र ?
पापी छुद्र दुसाधका हृदयमा, माया दया हुन्छ र ?
सोझा नम्र दयालु शिक्षित सबै, रोएर के हुन्छ र ?
जाली काल करालका खलहरू, नाच्छन् खुबै वानर ।।-२

कालो बादलले प्रकाश रविको, छेक्दै रमाएसरि ।
साह्रै उग्र घमन्डका कहरले, पीडा दियो बेसरी ।।
कैयौँ भ्रष्ट कुकर्म दुष्टपनले, मान्छे भए आजित ।
हाम्रो राष्ट्रिय राष्ट्रकोष धनको, होला र के रक्षित।।-३

पाजी अक्कल खेल झेल गुटका, सामर्थ्यले गर्छ के ?
नारा भाषणमा मिठा गफ गरून्, आदर्शले हुन्छ के ?
छातीभित्र छ देश आखिर भने, हारिन्न वैरीसित ।
हाम्रा पूर्वज वीरका रगतले, पा-यो जिमी सिञ्चित ।।-४

तिम्रा नक्कल राष्ट्रवाद मतले, कस्तो दियो उल्झन ।
माटो आज गुहार मागिरहँदा, को सुन्छ खै क्रन्दन ।।
चोखो चन्दन मृत्तिका छ शिरमा, भन्ने कुरा धर्छ को ?
पुर्खाको बल बुद्धिको उपजको, नेपाल हो भन्छ को ?-५

मेरो देश छ रामको नगरझैँ, भन्ने यहाँ को छ र ?
उम्दा धाम महेशको मुकुटझैँ, मान्ने यहाँ को छ र ?
पाए लुट्न तयार छन् नरहरू, उत्पात मच्चाउँछन् ।
आमाको पनि चीर हर्न कसिने, यस्ता कुलाङ्गार छन् ।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x