साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मधुमहिमा

विष्णु कहाँ हराएछन ब्रह्मा एक्लै पुगे घर । विष्णु हराउँदा खेरी सबैलाइ भयो डर ॥ हल्ली खल्ली भयो सारा मध्यराती सबैतिर । डाँडामाथि थियो बाटो चारै तर्फ थिए भिर ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

चिरिप्प मुखमा लाग्यो ठुस्स गनाउने जल ।
ब्रह्मा विष्णु सबै पिन्छन् सोचेर फलको रस ॥१

थोरै पिउँदा खुसी हुन्छन् मिठामिठा कुरा गरि ।
चर्काचर्की कुरा गर्छन् पिएपछि अलीबढी ।२

जति जति पिँदैगर्छन् उतिउती कराउँछन् ।
नारिन्छन बाघको साथ अब कहाँ डराउँछन् ॥३

बेच्ने साहु डराएर भन्छ जाउ भयो अब ।
नितारेर दिएको हुँ भएको सकियो सब ॥४

ब्रह्मा विष्णु कहाँ मान्छन् लागि सकेपछि नसा ।
दिने भए छिटो देऊ नत्र तिम्रो भयाे दशा ॥५

विष्णु भन्छ भयो जाऊ ब्रह्मा भन्छ कहाँ भयो ।
ब्रह्मा विष्णु थिए लड्दै साहु भागेर पो गयो ॥६

खाएपछि नखानेले बोक्रोसम्म चपाउँछन् ।
ब्रह्मा विष्णु बसे खान सित्ती कहाँ अघाउँछन् ॥७

खाँदा खाँदै गरे युद्व ब्रह्मा विष्णु महेश्वर ।
चिच्याकल गरेको त्यो सुनिदै पो थियो पर ॥८

विष्णु कहाँ हराएछन् ब्रह्मा एक्लै पुगे घर ।
विष्णु हराउँदा खेरी सबैलाइ भयो डर ॥९

हल्ली खल्ली भयो सारा मध्यराती सबैतिर ।
डाँडामाथि थियो बाटो चारैतर्फ थिए भिर ॥१०

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kalpana
Kalpana
1 year ago

Nice

Nepal Telecom ad
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
गर्दैछ ऊ मनपरी

गर्दैछ ऊ मनपरी

बालकृष्ण खनाल
पुर्खाहरूको कुरा

पुर्खाहरूको कुरा

बालकृष्ण खनाल
निस्पक्ष होला कहाँ ?

निस्पक्ष होला कहाँ ?

बालकृष्ण खनाल
उस्तै हुँदैनन् सब

उस्तै हुँदैनन् सब

बालकृष्ण खनाल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
1
0
Would love your thoughts, please comment.x
()
x