साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दयाको फल

जाँदा जाँदै मेरो कानमा त्यो महिलाले बोलेको आवाज गुञ्जियो, “मैले बनेपादेखि भाडा तिरेर छोरोलाई खाली पेटमा जचाउँन ल्याएकी थिएँ । बर्बाद बनाइदियो असतीले ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

एकदिन म वीर अस्पतालको छेउको होटलमा बिहानको खाजा खाँदै थिएँ । नजिकै एउटा बच्चा उभिएर मलाई टिठ लाग्दो नजरले हेरिरहेको थियो । मलाई लाग्यो यो बच्चा निकै भोकाएको छ । मैले उसलाई समोसा खाने भनेर सोधेँ । उसले खाने भनेर मुन्टो हल्लायो । मैले उसलाई दुईवटा समोसा मगाएर दिएँ । उसले कपाकप खान थाल्यो । मैले भगवानलाई धन्यवाद दिएँ किनभने मैले एउटा भोको बच्चालाई ख्वाउने मौका पाएको थिएँ । यत्तिकैमा उसकी आँमा आइपुगी । बच्चाले समोसा सक्नै लागेको थियो । त्यो आँमालाई के भयो त्यो त बमबम उफ्रिन पो थाली ।

“हे भगवान ! कुन अधर्मी पापीले मेरो छोरालाई समोसा दियो ?”
त्यो महिलाको कुरा सुनेर पक्कै केही गडबडी हुँदैछ भन्ने मलाई आभास भयो । मैले त्यहाँबाट नाम्सा खेल्नु नै उचित ठानेँ । पहिला बिस्तारै काँइलो काँइलो भएँ र पछि टाप कसेँ ।

जाँदा जाँदै मेरो कानमा त्यो महिलाले बोलेको आवाज गुञ्जियो, “मैले बनेपादेखि भाडा तिरेर छोरोलाई खाली पेटमा जचाउँन ल्याएकी थिएँ । बर्बाद बनाइदियो असतीले ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x