वासुदेव तिमल्सिनामृत्युको भय
“नाति ! त्यतिबेला सम्ममा तिम्रो बच्चा मेरो पनाति भैसक्ने छ । हामी फेरि ७ हुन्छौं ।” “अनि त्यतिबेलासम्म हजुर बाँचिरहनु हुन्छ र ? हजुर मरिसक्नुभाको हुनेछ । अनि हामी फेरि ६ को ६ ।”

बासुदेव तिमल्सिना :
“हजुरआमा ! मलाई पटक्कै निद्रा लागेन एकछिन मोवाइल चलाउँ ?”
“पर्दैन चलाउनु । आँखा बिग्रिन्छ । बरू यहाँ मसँग बसेर कुरा गर ।”
हजुरआमा र सानो नातिको बार्तालाप चल्न थाल्यो ।
नातिले हजुरआमालाई सोध्यो, “हामी जहिले पनि ६ को ६ रहने हो हजुरआमा ? तपाईं, मम्मी, बाबा, दिदी, म र मेरो कुकुर टमी ।”
“होइन नाति । भोलि तिम्रो लागि सानो बिरालो पनि आउँछ । अनि ७ जना हुनेछौं ।”
“अनि मेरो टमीले सानो बिरालोलाई खान्छ । फेरि ६ नै हुनेछौं ।”
“अनि फेरि तिम्रो बिबाह हुनेछ । दुलही आउनेछे । फेरि ७ भइहाल्छौं नि ।”
“त्यतिञ्जेल सम्ममा दिदीको बिबाह भएर जानुहुनेछ । फेरि ६ को ६ ।”
“नाति ! त्यतिबेला सम्ममा तिम्रो बच्चा मेरो पनाति भैसक्ने छ । हामी फेरि ७ हुन्छौं ।”
“अनि त्यतिबेलासम्म हजुर बाँचिरहनु हुन्छ र ? हजुर मरिसक्नुभाको हुनेछ । अनि हामी फेरि ६ को ६ ।”
“साला कुकुर ! योसँग बेकारमा कुरा गरें । जा गएर मोबाइल चला ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































