वासुदेव तिमल्सिनालोभ
“अनि तैँले यत्रो बेर बजार डुलुञ्जेल तेरा चप्पल कति खिए होलान् !” बाबुले चिन्ता व्यक्त गर्यो । छोराले हाँस्तै उत्तर दियो, “काहाँ मेरा चप्पल खिइनु नि बुवा ! मैले त त्यहि पाहुनाको चप्पल पो लगाएर गाको थिए त ।”

बासुदेव तिमल्सिना :
“जा छोरा पाहुनालाई ख्वाउन एक किलो मिठाई किनेर ले ।” बाबुले छोरालाई अह्रायो ।
बजार गएको धेरै समयपछि बल्लबल्ल छोरो घर आयो तर रित्तै केही नलिइकन । बाबुले कारण सोध्यो ।
छोराले भन्दै गयो, “मिठाई पसलेले म यस्तो मिठाई दिन्छु कि मख्खनको स्वाद हुन्छ भन्यो । अनि म मिठाई किन लिने त मख्खन नै लिन्छु भनेर गएँ । मख्खन पसलेले भन्यो म मह जस्तो मख्खन दिन्छु । फेरि म मह पसलमा गएँ । महवालाले म पानी जस्तो सफा मह दिन्छु भन्यो । मैले सोचेँ पानी त मेरो घरमै छ । त्यसपछि म आएँ । अब पाहुनालाई सफा पानी नै ख्वाइदिउँ । हुँदैन बुवा ?”
“अनि तैँले यत्रो बेर बजार डुलुञ्जेल तेरा चप्पल कति खिए होलान् !” बाबुले चिन्ता व्यक्त गर्यो ।
छोराले हाँस्तै उत्तर दियो, “काहाँ मेरा चप्पल खिइनु नि बुवा ! मैले त त्यहि पाहुनाको चप्पल पो लगाएर गाको थिए त ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































