वासुदेव तिमल्सिनातिर्थालुको ध्यान
खोलामा कुनै नाङ्गो महिला देखिने पो हो कि भनेर सबै बुढाहरू सचेत थिए । केही बेरको हिँडाई पछि एउटा बुढाले आवाज निकाल्यो, “हरिॐ ।” सबै बुढाहरूले पल्याकपुलुक चारैतिर हेर्दै कराए, “खोई कता छे ?”

वासुदेव तिमल्सिना :
“भोलि बिहान हामी मुक्तिनाथ धाममा पुग्छौँ । आज जोमसोममा छौँ । हामी जाने बाटोमा कागबेनी खोलो पर्छ । खोलामा मानिसहरू नुहाइरहेका हुनेछन् । त्यसमा महिलाहरू पनि पर्लान । हामीले धाममा जाँदा कपडा खोलेका महिलाहरू देखियो भने पाप लाग्छ । त्यसैले त्यतापट्टी हेर्नु हुँदैन । तर अचानक कुनै नाङ्गो महिला देखियो भने पापबाट जोगिन हरिॐ भन्नुहोला ।” तिर्थालु लिएर गएको नाइकेले सबैलाई सम्झायो ।
भोलिपल्ट एक हुल तिर्थालु बुढाहरू कागबेनीको तिरै तिर उँभो लागे । खोलामा कुनै नाङ्गो महिला देखिने पो हो कि भनेर सबै बुढाहरू सचेत थिए । केही बेरको हिँडाई पछि एउटा बुढाले आवाज निकाल्यो, “हरिॐ ।”
सबै बुढाहरूले पल्याकपुलुक चारैतिर हेर्दै कराए, “खोई कता छे ?”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































