साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूत

रामनारायण हतार गरेर त्यो मानिसको नजिक गयो र भन्यो, “यो गाडीमा नचढ्नोस् । म यही गाडीमा चढेर आएको हूँ । यसमा भूत बसेको छ ।”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“लौ बर्बाद भो । अब के गर्ने होला ?” रामनारायण एक्लै बरबरायो ।
रामनारायण घर फर्किँदै थियो । रातको समय । ऊ आफ्नो गाडीमा एक्लै थियो । अचानक गाडी खराब भयो । मोवाइलको नेटवर्क पनि थिएन । उसले गाडीलाई सडकको छेउमा रोक्यो र अर्को कुनै गाडीमा लिफ्ट माग्ने सुरले सडकमा उभियो ।

निकैबेरको प्रतीक्षापछि एउटा गाडीको लाइट देखियो । देखिएको गाडी बहुत ढिलो गरी आइरहेको थियो । उसले हात देखायो । ढिलो गरी गुड्दै गाडी उसको नजिक आइपुग्यो । उसले हत्तनपत्त ढोका खोल्यो र गुडिरहेको गाडीमा बस्यो । तर आश्चर्य ! त्यस गाडीको ड्राइभिङ सिट खाली थियो । गाडी भने गुडिरहेको थियो । यस्तैमा एउटा मोड आयो । मोडमा ड्राइभिङ सिटको झ्यालबाट मानिसको एउटा हात भित्र छिर्यो र स्टेयरिङ घुमाएर गाडीलाई मोड्यो । यो देखेर रामनारायण झन् डरायो ।

केही समयपछि पेट्रोल पम्प आइपुग्यो । गाडी पप्पमा छिर्यो । रामनारायण हत्तनपत्त गाडीबाट ओर्ल्यो र लामो स्वास तान्यो । उसले भगवानलाई धन्यवाद दियो । केही मिनटपछि एकजना मानिस त्यो गाडीमा चढ्न अगाडि बड्यो । रामनारायण हतार गरेर त्यो मानिसको नजिक गयो र भन्यो, “यो गाडीमा नचढ्नोस् । म यही गाडीमा चढेर आएको हूँ । यसमा भूत बसेको छ ।”

यो सुन्नेबित्तिकै त्यो मानिसले एक दरो झाप्पु रामनारायणको गालामा कस्यो र गाली गर्यो, “साला फटाहा ! यो मेरो गाडी हो । बाटामा तेल सकिएर मैले ठेल्दै ल्याएको । किन गाडी गह्रौं भो भनेको त तँ साला पो चढेको थिइस् ?”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
को ठूलो ?

को ठूलो ?

वासुदेव तिमल्सिना
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x