साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलगाँड भयो

न छ वाम सही न छ दक्षीण नै । जुनले पनि काढ्छ सँधै ऋण नै । महगी चुलियो उपवास छ यो । गणतन्त्र यहाँ गलगाँड भयो ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

सपना मनले लटरम्म लियो ।
न विकास दियो न निकास दियो ।
निलिँदैन उँधो, नउकेल्नु छ यो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।१ ।

लुटिए पिटिए निमुखा जनता ।
विधवा,टुहुरा कति छन् विचरा ।
अलपत्र परे, पहिचान गयो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।२ ।

सुन काण्ड घटे यति काण्ड घटे ।
ललिता दलका मुखभित्र अटे ।
किन नाटक यो,न सजाय भयो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।३ । ।

तलमाथि सबै तलबी पद छन् ।
दलका भरिया सब सांसद छन् ।
कति बृहत्तर संरचना छ नि यो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।४ ।

भुस झैं मुखमा घुसको छ बुजो ।
प्रतिवाद गरे भइहाल्छ छुचो ।
गठबन्धन नै फलिफाप छ यो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।५ ।

न त उद्यम छन् नखुले इलम ।
सुख शान्ति मिलेन गयो अमन ।
बलियो जनशक्ति विदेश गयो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।६ ।

न छ वाम सही न छ दक्षीण नै ।
जुनले पनि काढ्छ सँधै ऋण नै ।
महगी चुलियो उपवास छ यो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।७ ।

धनवान् जिउला जसरी तसरी ।
गुनियो पनि फेर्नु र खै कसरी?
निमुखो जनता बरबाद भयो ।
गणतन्त्र यहाँ गलगाँड भयो ।८ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
गणतन्त्रको चित्र

गणतन्त्रको चित्र

विष्णुहरि पाैडेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x