साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशाको आत्मदाह

आँखाको खोल पट्टी स्थिति सहज बनोस् राख निःस्वार्थ दृष्टि । थन्क्याऊ कंस चेष्टा फटिचर शकुनी झेलको खेल सृष्टि । देऊ टेवा युवामा परिश्रम चुलियोस् पार सौभाग्यशाली । सत्ता सेवार्थ लागोस् बन हर तहमा राष्ट्र नेतृत्व माली ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

लादे कस्तो व्यवस्था चरम विकृतिका चाङ छन् पत्र-पत्र ।
विद्रोही बन्न पर्ने स्थिति छ हर युवा देशमा यत्र-तत्र ।
अस्तायो रोजगारी विचलित छ युवा भैसक्यो धैर्य स्वाह ।
तन्नेरी प्रेम आचार्य जिउन नसकी गर्दछन् आत्मदाह ।१।

के के मात्रै गरेनन् मिहिनत उनले बोझ बोकेर भारी ।
खेपे कैयौँ चुनौती प्रतिफल तुहियो बन्न थाले भिखारी ।
गर्दा उद्योग धन्दा कर कमिसनको मारले ढाड सेक्यो ॥
सर्कारी भ्रष्ट नीति निम र ऋणको व्याजले आँट रेट्यो ।२।

सत्ता देखिन्छ भत्ता र कमिसन-मुखी छैन सेवा प्रवाह ।
जो साना उद्यमी छन् तिनतिर सुविधा छैन चासो, निगाह ।
भेट्छन् ठूला घराना सहुलिय सधैँ गर्दछन् साँठ गाँठ ।
आफ्ना पोषेर सोस्छन् गरिब र निमुखा पार्दछन् बिल्बाठ ।३।

मर्ने वेला कहेको अपिल छ बिचरा प्रेमको जे यथार्थ ।
सुन्दा पढ्दा असाध्यै द्रवित मन भई भैरहे आँसु खर्च ।
नेता बैरो छ द्यौता पशुपति भगवान् छौ कता न्यायमूर्ति ?
निष्ठाले धर्म छोड्यो अपसगुन बडो गर्छ उत्पात फूर्ती ।४।

जे पीडा प्रेम भोग्थे हुबहु हर युवा त्यै दशामा छ आज ।
हाम्रो राज्यप्रणाली भ्रमित छ कसरी सप्रिएला समाज ?
पारा फेरिन्न जैल्यै प्रतिगमन भयो अग्रगामी छलाङ ।
झोपो हालेर बस्छौ कति युवक बिते जान खोज्छौ मलाम ? ।५।

आँखाको खोल पट्टी स्थिति सहज बनोस् राख निःस्वार्थ दृष्टि ।
थन्क्याऊ कंस चेष्टा फटिचर शकुनी झेलको खेल सृष्टि ।
देऊ टेवा युवामा परिश्रम चुलियोस् पार सौभाग्यशाली ।
सत्ता सेवार्थ लागोस् बन हर तहमा राष्ट्र नेतृत्व माली । ६।

यो प्राणोत्सर्ग सन्तोष कृत छ तगडा राष्ट्रलाई चुनौती ।
नेता दायित्व सम्झी हर घर घर द्यौ रोजगारी र रोटी ।
मुग्लानी फर्किएलान् सहजसित जुटे कर्मले गास वास ।
श्रद्धा अर्पम्छु तिम्रो अपिल सफल होस् दिव्य प्रेमप्रसाद ! ।७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
गणतन्त्रको चित्र

गणतन्त्रको चित्र

विष्णुहरि पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x