साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विडम्बना

यी देशका धमिराहरूले कस्को हितमा काम गर्छन् भन्ने कुरा त विद्युतको रकम वर्षाैँ नबुझाउने धनाढ्यहरूको लाइन नकाट्न र काटिएको लाइन तत्काल जोड्न दिएको निर्देशनले नै स्पष्ट पार्दछ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

हाम्रो देशमा उहिले उहिले लोग्ने मरेको खण्डमा स्वास्नी पनि लोग्ने सँगै मर्नुपर्ने बाध्यतापूणर् नियम थियो रे । यो कुरा मैले केवल सुनेको र पढैको मात्रै हो । यसरी लोग्ने मरेपछि बाध्य भएर ती स्वास्नी जो मर्न बाध्य पारिए तिनले देशलाई नै सरापे रे । यो देशमा सही सत्य काम गर्नेको कहिल्यै भलो नहोस् । जसले हामीलाई लोग्ने सँगै मर्न बाध्य बनायो भनेर सरापे रे । त्यसैले हाम्रो देश सतीले सरापेको देशको उपनाम बोक्न बाध्य छ ।

साँचि भन्नुपर्दा यो देशले त्यस्तै सरापले गर्दा होला कहिले उन्नति गर्न सकेन । केही होला कि जस्तो भयो कि धमिराले ध्वस्त पारिहाल्छ । जतिसुकै राम्रो काठको प्रयोग गरेर फर्निचर बनाए पनि धमिरा लागेपछि केही सिप लाग्दैन । यो देशका असली धमिराहरू देशको मुटु कलेजो फोक्सो अनि मिर्गौलामा बसेका छन् । अङ्गप्रत्यङ्ग ध्वस्त पार्ने धमिराहरू नै अझै ठूलो ठूलो स्वरमा कराउँछन् हामीले देश बनाउँदैछौ कति हाँस्नु ? हाँस्दा हाँस्दा गाला चाउरी परिसक्यो ।

कोशी, गण्डकी, कणर्ाली अनि महाकाली बेचिखानेहरूले नै हालिमुहाली जमाएका छन् । कसैले अलिकति राम्रो केही गर्न खोज्यो कि त यिनीहरूलाई चक्कर लाग्छ । त्यसैले राम्रो गर्नेको तथानाम कुरा काट्ने, झमेलामा पार्ने भरसक समाप्तै पार्न खोज्ने कोसिस गर्छन धमिराहरू । महाकालीबाट वार्षिक १ खर्ब २० अर्ब आम्दानी हुन्छ भने घण्टाउके धमिराले त्यो आम्दानी कता कुन दुलोमा धुस्नु पार्‍यो ? त्यसको कसैले लेखाजोखा राखेको भेटिएको छैन । हुन त देशको उन्नति हेर्नेको के प्रगति भएको छ र ? न कतै दरबार ठडियो न मुखिया बन्यो । कत्रा कत्रा काण्ड मच्चाउनेहरूले नै हालिमुहाली गर्न पाएका छन् । वाइडबडी जहाज, गिरीबन्धु, ललिता निवास र नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव तस्करी समेत गर्नेहरू नै देशको बागडोर सम्हालेर बसेका छन् । अनि सुशासन खोजेर कहा पाउनु ।

ठूला धमिराका छाउराहरू र झोले धमिराहरू तिनै भ्रष्ट धमिराको जयगान गाउँदै छ्याकन चपाएर हिँड्या छन् । निस्वार्थ रूपमा केही गर्न खोज्दा गर्न सकिँदोरहेछ भन्ने उदाहरण काठमाडौंको सडक फुटपाथहरू हेरेर, पार्किंङ व्यवस्थापन हेरेर र सरसफाईको काम हेरेर बुझ्न सकिन्छ । तर यसरी स्वतन्त्र रूपमा काम गर्न चाहनेको निद हराम गर्न धमिराहरू उद्दत छन् । विधिको विधान नै भन्नुपर्ला । आफु शक्तिमा हुँदा जे गरे पनि हुन्छ भनेर देशको सम्पत्ति टावर बनाएर सक्ने पनि तिनै धमिरा हुन । उदाहरको लागि दमकको टावरलाई लिन सकिन्छ । मुख्य शहरबाट करिव ६/७ किलोमिटर टाढा लगेर त्यत्रो ठूलो टावर बनाउनुको एउटै उद्देश्य त्यसबेलाका जग्गा प्लटिङ माफियाहरूको मूख्य हात रहेको कुरा नसुनिएको होइन । यी देशका धमिराहरूले कस्को हितमा काम गर्छन् भन्ने कुरा त विद्युतको रकम वर्षाैँ नबुझाउने धनाढ्यहरूको लाइन नकाट्न र काटिएको लाइन तत्काल जोड्न दिएको निर्देशनले नै स्पष्ट पार्दछ । फेरि पनि हामी यिनैलाई सत्तामा पुर्‍याई रहन्छौँ भने यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्ला ?

जो चोर उसैको ठूलो स्वर भन्ने उखान जस्तै यहा जो चोर्छन् तिनै ठूला कुरा गर्दैछन् । त्यसैले अब यी चोरहरूलाई पाता कसेर राख्नुपर्छ । जनताले राम्ररी बुझेर कदम चालेको खण्डमा यी धमिरा र तिनका भुरा छाउराहरूको केही सिप लाग्ने छैन । जागौँ, जगाऔ । विडम्बना समाप्त पारौँ ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x