साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोकतन्त्र

भ्रष्टाचारी बदनियत छन् राम के हुन् हराम । निस्केका छन् जुलुस प्रहरी बस्तछन् जागराम । साँचो बोल्दा कुटपिट गरी लादिने ठोकतन्त्र । झुट्टा खेती लहलह भयो देशमा भोकतन्त्र ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

हेर्दाहेर्दै मुलुक थलियो सप्रिए भ्रष्टचारी ।
मिल्नै छोड्यो अब त तँ-नखा दिक्क छन् कर्मचारी ।
उद्योगीको इलम सकियो खर्च थेग्नै सकेन ।
नेपालीले अनसन गरे भात भान्सा चलेन ।१।

बूढाको पेन्सन बिच पर्‍यो ओखती किन्नु केले ?
साह्रै चर्को महसुल भयो पेल्छ भन्दैछ लेले ।
तर्कारी, चामल र मसला, तेलको भाउ उर्ल्यो ।
व्यापारीको पसल कसरी चल्नु, बिक्तैन कुर्ल्यो ।२।

खातामा छन् अलिक रुपयियाँ बैंकमा दाम छैन ।
खाँचो टार्नै कठिन छ यहाँ चेक नै साटिँदैन ।
नेता बुझ्छन् अकुत सुविधा नोटका छन् भकारी ।
भ्रष्टाचारी प्रमुख पदमा छन् बसेका डकारी ।३।

ठूला मंत्री प्रतिनिधि भए देशमा ज्यानमारा ।
रैती हुन् वा सहिद विधवा छन् सबै कर्महारा ।
यस्तो वेला लखपति भए पूर्व माओ लडाकु ।
अन्यायीको, लुट छ, महगी व्याप्त छन् धूर्त, डाँकु ।४।

भन्थ्यौं हामी सपुत जनको देश हाम्रो महान ।
नेता जन्मे कपुत कसरी पाल्नु आफ्ना जहान ।
खाडी लाग्यो रगत पसिना छैन खै रोजगारी ।
कुद्छन् नेता-गण दिनदिनै एम्सिसीको पछाडि। ।५।

धेरै लाए ऋण मुलुकले थेग्न गाह्रो अवस्था ।
नेता पोस्ने गरिब जनको ज्यान मार्ने व्यवस्था ।
सत्ता लिप्सा चरम छ दशा देशको छैन थाह ।
कस्ले बुझ्ने किन युवकले गर्दछन् आत्म-दाह ?।६।

भ्रष्टाचारी बदनियत छन् राम के हुन् हराम ।
निस्केका छन् जुलुस प्रहरी बस्तछन् जागराम ।
साँचो बोल्दा कुटपिट गरी लादिने ठोकतन्त्र ।
झुट्टा खेती लहलह भयो देशमा भोकतन्त्र ।७।

गाह्रो साह्रो स्थिति छ कसरी दैनिकी गास जुट्ने ?
आयो बेला अब त जनता जुर्मुराएर उठ्ने ।
खेती के होस् मल बिउ विना पिल्सिँदैछन् किसन ।
श्रीलङ्काको हविगत नहोस् बुद्ध द्यौ आत्मज्ञान ।८।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
गणतन्त्रको चित्र

गणतन्त्रको चित्र

विष्णुहरि पाैडेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x