साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक शिक्षा

सेवा धर्म विना पराङ्मुख भए हाम्रा नयाँ सन्तति । बा-आमा किन पाल्दछन् र तिनले हेला भयो संस्कृति । जे शिक्षा दिइयो त्यही फल मिले उल्टै गुनासो किन ? शिक्षा नीति अपूर्ण लाग्दछ पर्‍यो हृत्चेतना सच्चिन ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

अंग्रेजी पढ बाबु मान मनितो पाइन्छ ठूलो बन ।
चाँडै जागिर खानुपर्छ पहिले धैरै कमाऊ धन ।
जे गर्दा पनि हुन्छ दाम जसरी भेटिन्छ जोहो गर ।
पाएसम्म विदेशका डलरले खाता र खल्ती भर ।१।

साथी डाक्टर भैसके,वकिल छन् खोले कसैले मल ।
नाफामूलक कम्पनी महल छन् कोही बने बैंकर ।
राम्रो कार किनी चढौं चकित हुन्, हेरून् छिमेकी पनि ।
चाखौं भोज र मोज फेसन नयाँ संभ्रान्त होऔं धनी ।२।

राखौं सोच नयाँ, बडप्पन सिकौं विज्ञान कम्प्यूटर ।
मम्मी, अङ्कल, सभ्य शब्द सिक बाभन्दा निको फादर ।
पाखे बन्न हुँदैन गाउँ घरको पारा पुरानो भयो ।
थोत्रा छन् गुरुका कुरा, पढ नयाँ विज्ञान ताजा छ यो ।३।

गीता ज्ञान सिकेर बिक्तछ कहाँ पूजा गरी मिल्छ के ?
के हो दान र धर्म पितृ महिमा ,संस्कार टालेटिके ?
बा आमा गुरु मान्न नै किन पर्‍यो ? बूढा सिहार्नै हरो ।
यस्को उत्तर छैन बाबुसित नै ताके खुदै बन्चरो ।४।

के हो ,नैतिक मूल्य ज्ञान गरिमा शिक्षा सुदीक्षा गुण ।
के थाहा विनया-नुशासन कला संवाद कृष्णार्जुन ।
आस्था आस्तिक भावना रहितता वैज्ञानिकी पद्धति ।
एकाङ्गी अविवेकजन्य नतिजा खेप्तैछ ठूलो क्षति ।५।

सेवा धर्म विना पराङ्मुख भए हाम्रा नयाँ सन्तति ।
बा-आमा किन पाल्दछन् र तिनले हेला भयो संस्कृति ।
जे शिक्षा दिइयो त्यही फल मिले उल्टै गुनासो किन ?
शिक्षा नीति अपूर्ण लाग्दछ पर्‍यो हृत्चेतना सच्चिन ।६।

जानौँ भौतिक लाभ मिल्छ जति छन् निष्कर्ष वैज्ञानिक ।
हाम्रो जीवन मूल्य चिन्मय पृथक् पाटो छ आध्यात्मिक ।
स्थायी शान्ति हुँदैन भौतिक कुरा पाई मनोरञ्जन ।
निष्ठा, त्याग, परोपकार धन हो यै मान्छ रामायण ।७।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
गणतन्त्रको चित्र

गणतन्त्रको चित्र

विष्णुहरि पाैडेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x