साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल्याङ्कन

त्यो संवैधानिक विगतको राजकीय प्रणाली । भन्थ्यौ सर्वोत्तम छ उहिले फेरि खोजौँ बहाली । खुट्टी साना खुब चुरिफुरी देखियो वाहियात । संस्कारी सत्पुरुष प्रतिभा जान्दछन् राजपाठ ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

ल्यायौँ संघीयता विकृतिको शासकीय प्रणाली ।
राजा फाल्यौँ बहुदल, दिने वाम झण्डा उचाली ॥
यो नेपाली रगत पसिना पोख्नुको अर्थ व्यर्थ ।
खै के पायौँ नगद गतिलो खर्चिँदा तीस वर्ष ।१।

राजा बेलायत, अरबमा, स्पेन, जापानमा छन् ।
हामीभन्दा विकसित तिनै देश सर्वांगमा छन ।
पल्के नेता डलर हरियो घाँसमा जात फाले ।
आफै राजा हुन मन गरे, खोट धेरै निकाले ।२।

नौलो नेपाल त छ सपना बाँझिए लेक फाँट ।
राजाभन्दा अझ भडकिलो देखियो ठाँटबाँट ।
जम्बो ढाँचा प्रतिनिधि पुगे लाखको आसपास ।
सत्ता भत्ता कमिसनमुखी यै छ संबृदि खास ।३।

बेचे औद्योगिक निगम, झन् मासिए होजियारी ।
दौडे खाडी युवक नहुँदा देशमा रोजगारी ।
यो माटोमा दल र तिनका दौंतरी छन् दलाल ।
खोक्रो पारे मुलुक ऋण बेहाल भो हालचाल ।४।

राजा डुल्थे मुलुकभरि नै एकताका प्रतीक ।
मेची काली सडक खनियो संझनाको अतीत ।
चेप्तै आए पर मुलुकले पिम्पिया टाकुरामा ।
नेपालीको रगत सकिए झैं भयो पाखुरामा ।५।

पार्टीका राष्ट्रपति कसले मान्छ साझा हितैषी ।
जो फिर्छन् आवधिक पदमा बन्दछन् पक्षपाती
राजाले ताष्ट्रहित नगरे गुम्छ श्रीपेच गद्धी ।
साझा राजा मुलुक गरिमा हुन्छ संमान बृद्धि ।६।

हाम्रो के हो परिचय,चिनो,मूल्य को भान छैन ।
के हो गाई,गहुँत,तुलसी बुध्दमा ध्यान छैन ।
हाम्रा छन् साँस्कृतिक गरिमा भेषका फूलबारी ।
मासे खै के परिचय भयो,अस्मिताको चिनारी ? ।७।

राजावादी पिचि बुलता दका हुन् पुजारी ॥
ऐले कांग्रेस छ ढुलमुले वामको बोक्छ भारी
मैले मान्ने तरुण रुखमा ऐजरू त्यो हथौडा ।
निस्ठा ज्यादै बिचलित भयो,छाप हान्दैन औंला ।८।

धर्मात्मा क्रिश्चिय किन भो धर्म मान्थेन वाम ।
नौटंकी छन् चरित यिनका चाप्लुसी ठाम ठाम ।
सत्ता ठूलो किन ठहरियो वाद सिद्धानभन्दा ।
तिम्रो स्वार्थी गुट-नियतको लाग्छ गन्दा छ धन्दा ।९।

त्यो संवैधानिक विगतको राजकीय प्रणाली ।
भन्थ्यौ सर्वोत्तम छ उहिले फेरि खोजौँ बहाली ।
खुट्टी साना खुब चुरिफुरी देखियो वाहियात ।
संस्कारी सत्पुरुष प्रतिभा जान्दछन् राजपाठ ।१०।

हाम्रो धेरै अवनति भयो देशको मान मैलौ ।
पर्देशीको घर घर पुगी खेल्न थालेर भैलो ।
थुप्रै छन् प्राकृतिक गहना राष्ट्रमा स्वर्ण खानी ।
ल्याऔं आफ्नै श्रम र सिपले सिर्जनाको बिहानी ।११।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
गणतन्त्रको चित्र

गणतन्त्रको चित्र

विष्णुहरि पाैडेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x