साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान

हरिका बाले विद्यालयलाई दिएनन् बरु त्यहीँबाट पियनको तलब लिए। आखिर सम्मान पनि केही न केही दिनेले मात्रै पाउने रहेछ ।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

विद्यालयबाट निस्कने वेलामा हरिका बाले ध्रुबेलाई एउटा चिठी दिए र भने- “घरमा गएर बालाई दिनू ।”

घर पुगेपछि ध्रुबेले बालाई चिठी दियो। बाले चिठी खोले र भने- “विद्यालयले सम्मान गर्न निम्ता गरेको रहेछ ।”

ध्रुबेले बालाई सोध्यो- “बा ! सम्मान दिने भनेको के हो ?”

ध्रुबेका बाले छोरालाई यो सम्मान दिने भन्ने कुरो बुझाउन प्रतिप्रश्न गरे- “ध्रुबे ! तैंले बाजे बज्यैलाई भेट्दा के गर्छस् ?”

“ढोग गर्छु ।”

“तैँले बाजे बज्यैलाई ढोग गर्नु भनेको उहाँहरूलाई तैँले सम्मान दिएको हो । कुरो बुझिस् ?”

ध्रुबेले बुझेजस्तो गरी टाउको त हल्लायो तर उसको अनुहारमा अझै कालो बादल थियो ।

“बा । तिमीले विद्यालयलाई जन्माएको हो र, विद्यालयले तिमीलाई सम्मान दिने ?” ध्रुबेले फेरि प्रश्न सोध्यो ।

ध्रुबेका बाले सम्झाए- “तैँले पढ्ने विद्यालय खुलेदेखि यसलाई चलाउनलाई मैले र अरू अभिभावकहरूले धेरै सहयोग गरेका छौँ । धेरै धेरै चन्दा दियौँ । समयमै छोराछोरीको कक्षा शुल्क तिर्छाैँ । त्यही भएर विद्यालयले हामी अभिभावकहरूलाई सम्मान गर्न लागेको हो ।”

सम्मान गर्ने दिन सबै अभिभावकलाई मञ्चमा अगाडि राखेर शिक्षक, विद्यार्थी सबैले प्रणाम गरेर अभिभावकहरूलाई सम्मान गरे । ध्रुबेले हरिका बालाई अभिभावक समूहमा देखेन । अनि सुस्तरी फुसफुसायो- “हरिका बाले विद्यालयलाई दिएनन् बरु त्यहीँबाट पियनको तलब लिए। आखिर सम्मान पनि केही न केही दिनेले मात्रै पाउने रहेछ ।”

०००
एडमन्टन, क्यानडा
‘हिउँको राप’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
पुङमाङे

पुङमाङे

डा.कुसुमाकर शर्मा गाैतम
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x