साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इच्छा मरण

जेनिफरले भनिन्, “बीस वर्ष पछि क्यानाडा सरकारले मेरो इच्छा मृत्युको निवेदन स्वीकृत गरेको हुँदा अस्पतालले यो शुक्रवार मलाई मर्ने दिन तोकिदिएको छ ।”

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

म उनको घरभित्र छिर्दा सबै दुखी देखिन्थे ।
जेनिफरलाई सपरिवार उनका नातिहरूले घेरेका थिए । सबैलाई हेरेँ । उनीहरूको अनुहारमा चिन्ता थिएन । दुःख थियो । यस्तै क्षण मैले धेरै पटक देखेकी थिएँ । त्रियानब्बे वर्षीय जेनिफरलाई बेला बेलामा अस्पताल लैजाँदा यसरी नै परिवार जम्मा हुन्छन् । त्यस बेला परिवारका अनुहारमा चिन्ता हुन्थ्यो । भन्थे, “हजुर आमा फर्केर आउनुहुन्छ कि आउनुहुन्न ?”

उनका अगाडि उभिएर जेनिफरलाई हेरेँ । उनको अनुहार झलल बलेको थियो । उनी धेरै खुसी थिइन् । क्यानाडा सरकारले वृद्ध र अशक्तलाई दिने सुविधाअन्तर्गत जेनिफरकी सङ्गी बनेर राहत दिन प्रतिदिन जान्छु । उनका कुराकानी सुनिदिन्छु । यो मेरो जागिर हो । तर यति खुसी भएको जेनिफरलाई पहिला देखेकी थिइनँ । म नजिक जानेबित्तिकै उनै बोलिन, “रिता, भोलिदेखि तिमी आउनुपर्दैन ।”

“किन र ? के भोलि अस्पताल जाँदै छ्यौ र ?” उनलाई अस्पताल जानुपर्दा यसरी नै नआउन अह्राउँथिन् मलाई । आफू आउनु नपर्ने कुरामा ढुक्क हुन सोधेँ, “तर साह्रै खुसी देखिन्छ्यौ, किन ?” “मेरो छोरा बितेदेखि गरेको प्रतीक्षा आज सफल भएको छ । त्यसैले खुसी छु ।” जेनिफरले भनिन् ।

साथी भएर बस्दा उनले भनेको सम्झिन्छु । उनका छोरा बीस वर्षअघि क्यान्सरले बितेका थिए । उनका श्रीमान् पैँतीस वर्षअघि । श्रीमानभन्दा छोरो बित्दा धेरै दुखी भएकी थिइन् । आत्महत्या गर्ने सोच पनि बनाएकी थिइन् रे !
मलाई अझै जान्न मन लाग्यो र सोधेँ, “यो उमेरमा त्यस्तो के पायौ र यत्रोविधि खुसी हुने ?”

उत्तर सुनेर म पनि निशब्द भएँ । झलझली महाभारतका भीष्मपितामह सम्झेँ । जेनिफरले भनिन्, “बीस वर्ष पछि क्यानाडा सरकारले मेरो इच्छा मृत्युको निवेदन स्वीकृत गरेको हुँदा अस्पतालले यो शुक्रवार मलाई मर्ने दिन तोकिदिएको छ ।”

०००
रूकुमकोट, पूर्वी रूकुम
(हालः एडमन्टन, क्यानाडा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
पुङमाङे

पुङमाङे

डा.कुसुमाकर शर्मा गाैतम
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x