सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुङमाङे

“हामीले वार्ता गर्नुको तुक के त ? भाउ नघटाउने भए, मन्त्रीपद खालिगर्नुस् ।” आन्दोलनकारी वार्ता टोलीले अझैँ अडान लियो ।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

“कि तेलमा बढेको मूल्य सरकारले फिर्ता लेओस् कि सत्ता छोडोस ।” आन्दोलनकारी र सरकार वार्तामा बसेका आन्दोलनकारी तर्फका वार्ताटोलीका नेता जङ्गिए ।

सरकारी मन्त्री चुपचाप सुन्दै थिए । त्यतिनै खेर चिया आयो ।
“चिया पनि खाँदै, कुरा गरौँ कि ?” मन्त्रीले आफ्नो कप उठाउँदै प्रस्ताव गरे ।
“छ्या ! कस्तो चिया ? चिनी पनि लाग्या छैन ।” मुख बिगार्दै आन्दोलनकारी टोलीले एकै स्वरमा भन्यो ।

मुखमण्लमा कुटिल मुस्कान ल्याउँदै मन्त्रीले भने, “चिनीको मूल्य संसारभरि बढ्दा यहाँ पनि बढ्यो । आन्दोलन भएपछि घटायौँ । अहिले चिनी नै छैन बजारमा । दुःख मानीमानी चिनी कम भएको चिया खुवाउनु पर्‍यो ।”
“चिनी र पेट्रोलको के सम्बन्ध ?” वार्ता टोलीका सदस्य कराए ।

मन्त्री सौम्य भएर बोले, “आफ्नै देशमा उत्पादन भएको चिनीको भाउ घटाउँदा त पाउनै छोड्यो । पेट्रोल त झन् विदेशबाट आउने हो । पेट्रोलको मूल्य संसारभरि बढेको छ । जे मूल्यमा आँउछ, त्यही अनुसारको मूल्यमा बेच्ने हो । कसरी भाउ घटाउनु ?”

“हामीले वार्ता गर्नुको तुक के त ? भाउ नघटाउने भए, मन्त्रीपद खालिगर्नुस् ।” आन्दोलनकारी वार्ता टोलीले अझैँ अडान लियो ।

कुरालाई घुमाउदै मन्त्रीले फर्माए, “यहाँहरूलाई थाहै छ पुङमाङमा कुनै पनि वस्तु माथिबाट जसरी पस्छ तलबाट त्यसरी नै निस्किन्छ । पेट्रोलको मामलामा तपाईं हामी सबै नेपाली पूङमाङे हौँ भन्ने थाहा हुँदा हुँदै किन राजीनामा दिनु ?”

०००
क्यानडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भ्यूटावर

भ्यूटावर

डा.कुसुमाकर शर्मा गाैतम
राष्ट्रियता

राष्ट्रियता

डा.कुसुमाकर शर्मा गाैतम
पर्यटक

पर्यटक

डा.कुसुमाकर शर्मा गाैतम
खोर

खोर

डा.कुसुमाकर शर्मा गाैतम
नाम फेर्ने सुरमा

नाम फेर्ने सुरमा

डा.कुसुमाकर शर्मा गाैतम
प्रमथगण

प्रमथगण

डा.कुसुमाकर शर्मा गाैतम
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन