साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुङमाङे

“हामीले वार्ता गर्नुको तुक के त ? भाउ नघटाउने भए, मन्त्रीपद खालिगर्नुस् ।” आन्दोलनकारी वार्ता टोलीले अझैँ अडान लियो ।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

“कि तेलमा बढेको मूल्य सरकारले फिर्ता लेओस् कि सत्ता छोडोस ।” आन्दोलनकारी र सरकार वार्तामा बसेका आन्दोलनकारी तर्फका वार्ताटोलीका नेता जङ्गिए ।

सरकारी मन्त्री चुपचाप सुन्दै थिए । त्यतिनै खेर चिया आयो ।
“चिया पनि खाँदै, कुरा गरौँ कि ?” मन्त्रीले आफ्नो कप उठाउँदै प्रस्ताव गरे ।
“छ्या ! कस्तो चिया ? चिनी पनि लाग्या छैन ।” मुख बिगार्दै आन्दोलनकारी टोलीले एकै स्वरमा भन्यो ।

मुखमण्लमा कुटिल मुस्कान ल्याउँदै मन्त्रीले भने, “चिनीको मूल्य संसारभरि बढ्दा यहाँ पनि बढ्यो । आन्दोलन भएपछि घटायौँ । अहिले चिनी नै छैन बजारमा । दुःख मानीमानी चिनी कम भएको चिया खुवाउनु पर्‍यो ।”
“चिनी र पेट्रोलको के सम्बन्ध ?” वार्ता टोलीका सदस्य कराए ।

मन्त्री सौम्य भएर बोले, “आफ्नै देशमा उत्पादन भएको चिनीको भाउ घटाउँदा त पाउनै छोड्यो । पेट्रोल त झन् विदेशबाट आउने हो । पेट्रोलको मूल्य संसारभरि बढेको छ । जे मूल्यमा आँउछ, त्यही अनुसारको मूल्यमा बेच्ने हो । कसरी भाउ घटाउनु ?”

“हामीले वार्ता गर्नुको तुक के त ? भाउ नघटाउने भए, मन्त्रीपद खालिगर्नुस् ।” आन्दोलनकारी वार्ता टोलीले अझैँ अडान लियो ।

कुरालाई घुमाउदै मन्त्रीले फर्माए, “यहाँहरूलाई थाहै छ पुङमाङमा कुनै पनि वस्तु माथिबाट जसरी पस्छ तलबाट त्यसरी नै निस्किन्छ । पेट्रोलको मामलामा तपाईं हामी सबै नेपाली पूङमाङे हौँ भन्ने थाहा हुँदा हुँदै किन राजीनामा दिनु ?”

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x