साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोचौँ कसी कन्धनी

कोठी खोल्न सिपालु छन् मुलुकमा छन् बन्द विद्यालय हाल्लाकै भरमा चल्यो मुलुक यो छन् दृश्य पीडामय मार्छन् निर्मम हेर्नु आज कसरी छोरी बलात्कारमा हा ! वीभत्स भयो सधैँ दिन कठै बित्दै छ चित्कारमा ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मुकदर्शक’ :

कैयौँ पल्ट अमेरिका रुस भयो गर्दा झुटा भाषण
कैयौँ पल्ट भयो इजिप्ट सिरिया कुर्सी हुँदा आसन
झन् सिङ्गापुर चीन नै पनि भयो नेता हुँदा पागल
यो नेपाल उही छ जीणर् धमिलो बग्दै छ कालो भल । १

आए रेल गुडे विकास मुखले गर्छन् हुँदा भोट यी
चुस्छन् देश मिली चुनावपछि झन् दिन्छन् सधैँ चोट यी
जान्छन् राष्ट्र लुटी विदेश तिर यी पैसा लिई जेपमा
उस्तै छन् बुकुरा निरीह हरिचा पर्छन् यिनै चेपमा । २

केही मानिस मस्त छन् दिनदिनै ऐसा छ यो देशमा
अग्ला निर्मित भव्य छन् भवन यी नौला नयाँ भेषमा
अर्बौँ अर्ब कमाउँछन् छिनछिनै बाँच्छन् यही चालमा
उस्तै छन् बुकुरा निरीह हरिचा यो देश नेपालमा । ३

कोठी खोल्न सिपालु छन् मुलुकमा छन् बन्द विद्यालय
हाल्लाकै भरमा चल्यो मुलुक यो छन् दृश्य पीडामय
मार्छन् निर्मम हेर्नु आज कसरी छोरी बलात्कारमा
हा ! वीभत्स भयो सधैँ दिन कठै बित्दै छ चित्कारमा ।४

ती मन्त्रालयमै दिई घुस लिई बेच्छन् स्वदेशी सुत
नेता भन्न नि लाज लाग्छ भगवान् छन् कर्मका यी झुट
आफ्नै दाजु र भाइसम्म यिनले बेचे भुटानी भनी ?
यस्ताको भर राष्ट्र छोड्नु कसरी सोचौँ कसी कन्धनी । ५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x