सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सोचौँ कसी कन्धनी

कोठी खोल्न सिपालु छन् मुलुकमा छन् बन्द विद्यालय हाल्लाकै भरमा चल्यो मुलुक यो छन् दृश्य पीडामय मार्छन् निर्मम हेर्नु आज कसरी छोरी बलात्कारमा हा ! वीभत्स भयो सधैँ दिन कठै बित्दै छ चित्कारमा ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मुकदर्शक’ :

कैयौँ पल्ट अमेरिका रुस भयो गर्दा झुटा भाषण
कैयौँ पल्ट भयो इजिप्ट सिरिया कुर्सी हुँदा आसन
झन् सिङ्गापुर चीन नै पनि भयो नेता हुँदा पागल
यो नेपाल उही छ जीणर् धमिलो बग्दै छ कालो भल । १

आए रेल गुडे विकास मुखले गर्छन् हुँदा भोट यी
चुस्छन् देश मिली चुनावपछि झन् दिन्छन् सधैँ चोट यी
जान्छन् राष्ट्र लुटी विदेश तिर यी पैसा लिई जेपमा
उस्तै छन् बुकुरा निरीह हरिचा पर्छन् यिनै चेपमा । २

केही मानिस मस्त छन् दिनदिनै ऐसा छ यो देशमा
अग्ला निर्मित भव्य छन् भवन यी नौला नयाँ भेषमा
अर्बौँ अर्ब कमाउँछन् छिनछिनै बाँच्छन् यही चालमा
उस्तै छन् बुकुरा निरीह हरिचा यो देश नेपालमा । ३

कोठी खोल्न सिपालु छन् मुलुकमा छन् बन्द विद्यालय
हाल्लाकै भरमा चल्यो मुलुक यो छन् दृश्य पीडामय
मार्छन् निर्मम हेर्नु आज कसरी छोरी बलात्कारमा
हा ! वीभत्स भयो सधैँ दिन कठै बित्दै छ चित्कारमा ।४

ती मन्त्रालयमै दिई घुस लिई बेच्छन् स्वदेशी सुत
नेता भन्न नि लाज लाग्छ भगवान् छन् कर्मका यी झुट
आफ्नै दाजु र भाइसम्म यिनले बेचे भुटानी भनी ?
यस्ताको भर राष्ट्र छोड्नु कसरी सोचौँ कसी कन्धनी । ५

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
बरू

बरू

बिन्दु दहाल ‘मूकदर्शक’
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली