विष्णु उप्रेतीघटिया काम
लोग्नेबाट लुकाएर व्यवहार गर्नु र पैसा ब्याजमा लाउनु भन्दा घटिया काम यो संसारमा केही छैन । आखिर एक दिन लोग्नेलाई नभनी पनि हुँदैन । अनि ब्याजमा लगाएको पैसा कसैले तिर्दैन पनि ।

विष्णु उप्रेती :
–“ए हजुर, एउटा कुरा भन्छु, बन्दै नरिसाउनु है । मलाई हुन सम्मको समस्या पर्यो । हजुरलाई नभनी धरै पाइनँ ।” एकाबिहानै अँध्यारो मुख लाएर डराएको भावमा, श्रीमतीले भनिन् ।
मैले उनको अनुहार हेरेँ । विरक्ति र त्रास मिसिएर रातोकालो भएको थियो । मायालु देखिन्थ्यो । यति नरम कहिले न हुने मान्छे, आज यो परिवर्तन । सोचें पक्कै समस्या गम्भीर छ । मैले मन्दमुस्काउदै भने – “लु भन मैँया, के पर्यो तेस्तो ढुङ्गाले पनि यस्तो गिलो हुनुपर्ने समस्या ?”
–“हेर्नू न, खेमराजले पन्धदिनमा दिन्छु भनेर मेरो पैसा लगेको ,दुईबर्ष पनि नाघ्यो । केही गर्दा दिदैनन् । कति मागेँ । कति धाएँ । हजुरले असुल गराई दिनु न, प्लिज हजुर ।” उनले रुन्चे अनुहारले भनिन् ।
–“ल खुब राम्रो भएछ । लोभीको धन पापीले खान्छ भन्थे, तेसै भएछ । अनि ब्याज निकै राम्रो दिन्छु भने क्यार हैन ?” अनि पैसाचैँ कति हो नि ?
मैले कतिदुख गरेर, माइतीले दानदक्षिणा दिएको पैसा लोभले जोगाएर, पचासहजारजम्मा गरेकी थिएँ । सबैखाने भए । मासिक सयकडा तीन रपैया ब्याज दिन्छु भन्थे ।”
— “लोग्नेबाट लुकाएर व्यवहार गर्नु र पैसा ब्याजमा लाउनु भन्दा घटिया काम यो संसारमा केही छैन । आखिर एक दिन लोग्नेलाई नभनी पनि हुँदैन । अनि ब्याजमा लगाएको पैसा कसैले तिर्दैन पनि ।” महंगो ब्याज दिन्छु भनेपछि महिलाले थैली टक्टक्याई हाल्छन् । यो सुत्र थाहा रहेछ खेमराजलाई । पैसा फिर्दैन । करोड भन्दा बढी ऋण छ खेमराजको ।
०००
बिर्तामोड ४, झापा ।
Subscribe
Login
0 Comments
Oldest







































