साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घटिया काम

लोग्नेबाट लुकाएर व्यवहार गर्नु र पैसा ब्याजमा लाउनु भन्दा घटिया काम यो संसारमा केही छैन । आखिर एक दिन लोग्नेलाई नभनी पनि हुँदैन । अनि ब्याजमा लगाएको पैसा कसैले तिर्दैन पनि ।

Nepal Telecom ad

विष्णु उप्रेती :

–“ए हजुर, एउटा कुरा भन्छु, बन्दै नरिसाउनु है । मलाई हुन सम्मको समस्या पर्‍यो । हजुरलाई नभनी धरै पाइनँ ।” एकाबिहानै अँध्यारो मुख लाएर डराएको भावमा, श्रीमतीले भनिन् ।

मैले उनको अनुहार हेरेँ । विरक्ति र त्रास मिसिएर रातोकालो भएको थियो । मायालु देखिन्थ्यो । यति नरम कहिले न हुने मान्छे, आज यो परिवर्तन । सोचें पक्कै समस्या गम्भीर छ । मैले मन्दमुस्काउदै भने – “लु भन मैँया, के पर्‍यो तेस्तो ढुङ्गाले पनि यस्तो गिलो हुनुपर्ने समस्या ?”

–“हेर्नू न, खेमराजले पन्धदिनमा दिन्छु भनेर मेरो पैसा लगेको ,दुईबर्ष पनि नाघ्यो । केही गर्दा दिदैनन् । कति मागेँ । कति धाएँ । हजुरले असुल गराई दिनु न, प्लिज हजुर ।” उनले रुन्चे अनुहारले भनिन् ।

–“ल खुब राम्रो भएछ । लोभीको धन पापीले खान्छ भन्थे, तेसै भएछ । अनि ब्याज निकै राम्रो दिन्छु भने क्यार हैन ?” अनि पैसाचैँ कति हो नि ?

मैले कतिदुख गरेर, माइतीले दानदक्षिणा दिएको पैसा लोभले जोगाएर, पचासहजारजम्मा गरेकी थिएँ । सबैखाने भए । मासिक सयकडा तीन रपैया ब्याज दिन्छु भन्थे ।”

— “लोग्नेबाट लुकाएर व्यवहार गर्नु र पैसा ब्याजमा लाउनु भन्दा घटिया काम यो संसारमा केही छैन । आखिर एक दिन लोग्नेलाई नभनी पनि हुँदैन । अनि ब्याजमा लगाएको पैसा कसैले तिर्दैन पनि ।” महंगो ब्याज दिन्छु भनेपछि महिलाले थैली टक्टक्याई हाल्छन् । यो सुत्र थाहा रहेछ खेमराजलाई । पैसा फिर्दैन । करोड भन्दा बढी ऋण छ खेमराजको ।

०००
बिर्तामोड ४, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाइरल

भाइरल

विष्णु उप्रेती
ज्याकेट

ज्याकेट

विष्णु उप्रेती
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x