विष्णु उप्रेतीभाइरल
“हेर छोरा, यस्तो अरुको दुःखमा र बिजोक भएको भिडियो बनाएर कहिल्यै भाइरल हुइँदैन । भाइरल हुनलाई त तु घाइतेलाई बोकेर अस्पताल पुर्याएको । ज्यान बचाएको । सहयोग गरेको भिडियो पो बाउनु पर्छ बुझिस्” ।

विष्णु उप्रेती :
– “ममी, आज बाटोमा एउटी केटी स्कुटीबाट लडेर कस्तो डरलाग्दो दुर्घटनामा परी । बिचराको बिजोक भयो । बाटाभरी खुनैखुन भयो । सारा जीउभरि चोटैचोट, र घाउ मात्रै छ । लु हेर्नू त । मैले भिडियो बनाएर ल्याएको छु ।” छोराले भिडियो खोलेर गरेर आमालाई दियो ।
– “नदेखा मलाई तेरो भिडियो सिडियो । हेर्नु परेको छैन मलाई, तेरा पापको खाता । तँ पापी भइस् आज । मान्छे मरिरहेको देखेर खुशीले भिडियो बाउने, खोपडिमा बुद्धि न भएका लठुवा ।” आमा धेरै रिसाइन् ।
– “मैले मात्रै हो त, अरु कतिजनाले भिडियो बनाए घुमिघुमी । मलाई मात्रै कराउनु हुन्छ ममी । आफूलाई झन यो भिडियो पोष्ट गरेर भाइरल बन्ने कत्रो रहर थियो । उल्टो गाली खानु पर्यो ।” छोरो अलि डराउदै पछि सरेर भन्यो ।
– “दुनियाँले जे गरे, तैँले पनि तेहि गर्नु पर्छ त ? लठुवा ।” आमाले शान्त भएर भनिन् – “हेर छोरा, यस्तो अरुको दुःखमा र बिजोक भएको भिडियो बनाएर कहिल्यै भाइरल हुइँदैन । भाइरल हुनलाई त तु घाइतेलाई बोकेर अस्पताल पुर्याएको । ज्यान बचाएको । सहयोग गरेको भिडियो पो बाउनु पर्छ बुझिस्” ।
आमाको मोबाइलमा फोन आयो । उनले फोन उठाइन् फोनमा उनकै बहिनी भन्दै थिईन् । – “दिदी आज बिहानै हाम्रा माल्दाजुकी छोरी, स्कुटी दुर्घटनामा परेर मरिछन् । कसैले अस्पताल लगिदिएनछन् ।
०००
निकोसेरा, राधेराधे
भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest







































