साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइरल

“हेर छोरा, यस्तो अरुको दुःखमा र बिजोक भएको भिडियो बनाएर कहिल्यै भाइरल हुइँदैन । भाइरल हुनलाई त तु घाइतेलाई बोकेर अस्पताल पुर्‍याएको । ज्यान बचाएको । सहयोग गरेको भिडियो पो बाउनु पर्छ बुझिस्” ।

Nepal Telecom ad

विष्णु उप्रेती :

– “ममी, आज बाटोमा एउटी केटी स्कुटीबाट लडेर कस्तो डरलाग्दो दुर्घटनामा परी । बिचराको बिजोक भयो । बाटाभरी खुनैखुन भयो । सारा जीउभरि चोटैचोट, र घाउ मात्रै छ । लु हेर्नू त । मैले भिडियो बनाएर ल्याएको छु ।” छोराले भिडियो खोलेर गरेर आमालाई दियो ।

– “नदेखा मलाई तेरो भिडियो सिडियो । हेर्नु परेको छैन मलाई, तेरा पापको खाता । तँ पापी भइस् आज । मान्छे मरिरहेको देखेर खुशीले भिडियो बाउने, खोपडिमा बुद्धि न भएका लठुवा ।” आमा धेरै रिसाइन् ।

– “मैले मात्रै हो त, अरु कतिजनाले भिडियो बनाए घुमिघुमी । मलाई मात्रै कराउनु हुन्छ ममी । आफूलाई झन यो भिडियो पोष्ट गरेर भाइरल बन्ने कत्रो रहर थियो । उल्टो गाली खानु पर्‍यो ।” छोरो अलि डराउदै पछि सरेर भन्यो ।

– “दुनियाँले जे गरे, तैँले पनि तेहि गर्नु पर्छ त ? लठुवा ।” आमाले शान्त भएर भनिन् – “हेर छोरा, यस्तो अरुको दुःखमा र बिजोक भएको भिडियो बनाएर कहिल्यै भाइरल हुइँदैन । भाइरल हुनलाई त तु घाइतेलाई बोकेर अस्पताल पुर्‍याएको । ज्यान बचाएको । सहयोग गरेको भिडियो पो बाउनु पर्छ बुझिस्” ।

आमाको मोबाइलमा फोन आयो । उनले फोन उठाइन् फोनमा उनकै बहिनी भन्दै थिईन् । – “दिदी आज बिहानै हाम्रा माल्दाजुकी छोरी, स्कुटी दुर्घटनामा परेर मरिछन् । कसैले अस्पताल लगिदिएनछन् ।

०००
निकोसेरा, राधेराधे
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घटिया काम

घटिया काम

विष्णु उप्रेती
ज्याकेट

ज्याकेट

विष्णु उप्रेती
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x