साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती

खल्ती खाली देखी भने गजधुम्म पर्छे टन्न पैसा देखी भने मुस्काएर मर्छे । चर्को बोल्न हुन्न कैले झर्को फर्को गर्छे सुस्त बोले रिसाएर आँखा मात्रै तर्छे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

ससुराकी एक्ली छोरी मात्तिएकी मोरी
पाई भने सानो निहुँ खोजी हाल्छे जोरी ।

मेलापात जान्न भन्छे रुखोसुखो खान्न
मात्तिएकी माइतीमा गाह्रो भयो धान्न ।

कैले बन्छे रण चण्डी कैले उग्र तारा
कजाउँछे घरायसी काम धन्दा सारा ।

भैँसी बेची किनि दिएँ मोबाइल मैले
सेल्फी खिची टिक्टक् गर्ने धन्दा भयो ऐले ।

भए पनि सुख छैन नभए नि दुःख
फेंद बसी काट्न थाल्छे चढाएर रुख ।

कैले भन्छे मेरो बाबा कैले भन्छे राजा
समाएर कुचो कैले बजाउँछे बाजा ।

धाक धक्कु माइतीका चुरी फुरी ठूला
रुखो बोली बोलौं भने जल्न छोड्छन् चुला ।

खल्ती खाली देखी भने गजधुम्म पर्छे
टन्न पैसा देखी भने मुस्काएर मर्छे ।

चर्को बोल्न हुन्न कैले झर्को फर्को गर्छे
सुस्त बोले रिसाएर आँखा मात्रै तर्छे ।

मेलापर्व आएपछि सधै ठुस्स पर्छे
सुन किन्न हिँड रानी भन्दा मख्ख पर्छे ।

०००
रेसुङ्गा न. पा. २ छापटोला, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x