वासुदेव तिमल्सिनामाया
पतिले पत्नीलाई चुरो कुरो बुझाउने कोशिस गर्दै भन्यो, “यो भाले हामी जस्तो हो र ? यसले त प्रत्येक दिन नयाँ नयाँ पोथी फेरिराको छ । अनि पो चुच्चो जोडिरहन्छ ।”

बासुदेव तिमल्सिना :
“उ त्यो सामुन्नेमा बसेका परेवाका जोडी देख्नुभो ? हेर्नोस् त त्यो भालेले पोथीलाई कति माया गरेको छ । तपाईंले मलाई त्यसरी कहिल्यै माया गर्नुहुन्छ ? जतिबेला पनि कसैले कुटेर बसाए जस्तो उदास मात्रै देखिनु हुन्छ ।” पत्नीले आँखा तर्दै पतिलाई भनी ।
“तिमीले यी जोडीलाई कहिलेदेखि हेरिराकी छ्यौ ?” पतिले सोध्यो ।
पत्नीले जवाफ दिई, “गएको एक घण्टादेखि हेरिराकी छु । किन र ?”
पतिले भन्यो, “मैले यो भाले परेवालाई विगत सात दिनदेखि नियालीराको छु ।”
“अनि के भो त ?” पत्नीको थप प्रश्न थियो ।
“तिमी नरिसाउने भए मात्र भन्छु ।” पतिले शर्त राख्यो ।
“ल, भन्नोस् ! म रिसाउँदिनँ ।”
पतिले पत्नीलाई चुरो कुरो बुझाउने कोशिस गर्दै भन्यो, “यो भाले हामी जस्तो हो र ? यसले त प्रत्येक दिन नयाँ नयाँ पोथी फेरिराको छ । अनि पो चुच्चो जोडिरहन्छ ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest