सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमा बनेको दिन

आमामा कुविचार राख्छ जसले हुँदैन केही पूरा हुन्छन् बस्तासँगै समीप सबमा खस्रा मसिना कुरा जीवनको इतिहास अन्त्य घडीमा आउँदा काल लिन आमा हुँ कसरी म बिसूँ लु भन आमा बनेको दिन ।

Nepal Telecom ad

तिला लेकाली :

अन्न पानी परेन है जब तिमी आयौ नि यो पेटमा
तिमै प्रेम थियो र हतपत पुगी फिरें मृत्यु गेटमा
बज्रपात भइरहेथ्यो शिरमा मर्दै थिएँ छिन् छिन
के को ऊर्जा मिल्यो जुरुक्क म उठें आमा बनेको दिन ।

शक्तिहीन बनेर दुर्बल अनि झुत्री र झाम्री भएँ
जन्माएँ तिमीलाई स्याहार गरें झनै नराम्री भएँ
तिम्रै खुसी चाहन्छु भो अरू म ता केही पनि माग्दिनँ
अहिले झै भइरा’छ नि बरिलै आमा बनेको दिन ।

तिम्रो ज्यान बनिन्छ सुन्दर अहो ! म खान्छु जे जे कुरा
आमा नै सब चिज हुन् भुवनमा यो विश्वकी टाकुरा
सम्झी आफू विरक्त बन्छु अहिले मूर्ख बनेका किन साँच्चै
साँचै खुसी कसरी व्यक्त म गरूँ आमा बनेको दिन ।

रातमा निद्रा थिएन दिन नसुती महिना र वर्ष बिते
सारा जीवन नै समर्पण गरेँ खुसी तिमीले जिते
आफ्नै पुत्र त छौ नि यो भुवनमा दासी बनायौ किन
सोच्दै छु म कसरी जीवित रहें आमा बनेको दिन ।

आमा हुन् तिमीलाई सुन्दर अहो ! संस्कार राम्रो दिने
मरी आफू बरु सडेर जगमा सन्तानलाई सम्झिने
मर्नै पर्दछ आखिर जीव यहाँ सही र सत्य चिन
चितामाथि पनि म बिर्सिदिनँ है आमा बनेको दिन ।

आमामा कुविचार राख्छ जसले हुँदैन केही पूरा
हुन्छन् बस्तासँगै समीप सबमा खस्रा मसिना कुरा
जीवनको इतिहास अन्त्य घडीमा आउँदा काल लिन
आमा हुँ कसरी म बिसूँ लु भन आमा बनेको दिन ।

लात्ती हान र टेक न बरु शिरै सहन्छु जहिल्यै म ता
आमालाई खुसी बनाउने भए फर्केर आऊ यता
जल्दिन्छु बरु मैनबत्तीसरि भई सक्दिनँ है बिर्सिन
तेस्रो लोकतिरै पुर्गेसरि भयो आमा बनेको दिन ।

०००
माेरङ
रचनाकाल : वैशाख १२, २०७७

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
दश हाइकु

दश हाइकु

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
नाक

नाक

तिला लेकाली
त्यो दागबत्ती कुरी

त्यो दागबत्ती कुरी

रामशरण न्याैपाने
मेरा बा र म बा

मेरा बा र म...

रमेश राज अर्याल
तँ अब मुढाे भइस्

तँ अब मुढाे भइस्

पिँडालु पण्डित
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
आमाको सम्झना

आमाको सम्झना

रामशरण न्याैपाने
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x