साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा बनेको दिन

आमामा कुविचार राख्छ जसले हुँदैन केही पूरा हुन्छन् बस्तासँगै समीप सबमा खस्रा मसिना कुरा जीवनको इतिहास अन्त्य घडीमा आउँदा काल लिन आमा हुँ कसरी म बिसूँ लु भन आमा बनेको दिन ।

Nepal Telecom ad

तिला लेकाली :

अन्न पानी परेन है जब तिमी आयौ नि यो पेटमा
तिमै प्रेम थियो र हतपत पुगी फिरें मृत्यु गेटमा
बज्रपात भइरहेथ्यो शिरमा मर्दै थिएँ छिन् छिन
के को ऊर्जा मिल्यो जुरुक्क म उठें आमा बनेको दिन ।

शक्तिहीन बनेर दुर्बल अनि झुत्री र झाम्री भएँ
जन्माएँ तिमीलाई स्याहार गरें झनै नराम्री भएँ
तिम्रै खुसी चाहन्छु भो अरू म ता केही पनि माग्दिनँ
अहिले झै भइरा’छ नि बरिलै आमा बनेको दिन ।

तिम्रो ज्यान बनिन्छ सुन्दर अहो ! म खान्छु जे जे कुरा
आमा नै सब चिज हुन् भुवनमा यो विश्वकी टाकुरा
सम्झी आफू विरक्त बन्छु अहिले मूर्ख बनेका किन साँच्चै
साँचै खुसी कसरी व्यक्त म गरूँ आमा बनेको दिन ।

रातमा निद्रा थिएन दिन नसुती महिना र वर्ष बिते
सारा जीवन नै समर्पण गरेँ खुसी तिमीले जिते
आफ्नै पुत्र त छौ नि यो भुवनमा दासी बनायौ किन
सोच्दै छु म कसरी जीवित रहें आमा बनेको दिन ।

आमा हुन् तिमीलाई सुन्दर अहो ! संस्कार राम्रो दिने
मरी आफू बरु सडेर जगमा सन्तानलाई सम्झिने
मर्नै पर्दछ आखिर जीव यहाँ सही र सत्य चिन
चितामाथि पनि म बिर्सिदिनँ है आमा बनेको दिन ।

आमामा कुविचार राख्छ जसले हुँदैन केही पूरा
हुन्छन् बस्तासँगै समीप सबमा खस्रा मसिना कुरा
जीवनको इतिहास अन्त्य घडीमा आउँदा काल लिन
आमा हुँ कसरी म बिसूँ लु भन आमा बनेको दिन ।

लात्ती हान र टेक न बरु शिरै सहन्छु जहिल्यै म ता
आमालाई खुसी बनाउने भए फर्केर आऊ यता
जल्दिन्छु बरु मैनबत्तीसरि भई सक्दिनँ है बिर्सिन
तेस्रो लोकतिरै पुर्गेसरि भयो आमा बनेको दिन ।

०००
माेरङ
रचनाकाल : वैशाख १२, २०७७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x