साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा र मेरो यात्रा

हतारहतार ऊ दोस्रो दिनको यात्रामा नारिन्छ यस्तै दिनचर्या छ गधाको । हिजोआज एक निमेष समय पाउँदा म सोच्छु तर छुट्ट्याउनै सक्दिनँ खै त्यो गधा म हुँ वा म त्यो गधा ।

Nepal Telecom ad

तिला लेकाली :

प्रत्येक दिन घाम झुल्किनुअगावै
कुनै पहाडको आकृतिझै पिठिउँमा
जाँताको भारी लादेर दौड सुरु गर्छ गधा
कुनै ढाक्रेदाइले हिलेको उकालो चढेझै
चढ्छ आँबुखैरेनीको उकालो बोकेर नुनको भारी
र पुग्छ मनकामना ।

गोरुको काँधझै फुटेका छन् खुट्टाहरू
बाटो छेउका हिमाल, पहाड, खोला, बगैंचाको अवलोकन गर्दै
सुरु गर्छ यात्रा, सम्झन्छ, भारीसँगै साट्छु परिवारका सपना
र मनमनै पुलकित बन्छ
दायाँबायाँको स्पर्शहीन दिनभरिको यात्रामा
दियोलाई टपरीले ढाकेझै सूर्यलाई अँध्यारोले छोप्दै गएपछि
घट्न थाल्छन् पिठिउँका जाँताहरू
साँझमा रित्याउँदै त्यो भारी हल्का पार्छ तन र मन
बेलुका बसाइको पहिलो प्रहरमै घुर्न थाल्छ
सपनामा खान्छ वनभोज गर्छ रमाइलो
डुलाउँछ छोराछोरी र श्रीमती भेट्छ वृद्ध बाआमा
पुग्छ छिमेक र आफन्तसम्म पनि ।

बिहान भालेको डाक, मन्दिरमा घण्टीको आवाज
र चराको चिरबिरसँगै बिउँझिन्छ र ओछ्यान खोज्छ
ऊ सम्झन्छ अब सुत्ने बेला भएछ आराम गर्न पाइन्छ
अफसोस उसको त्यो कल्पना व्यर्थ बन्छ
हतारहतार ऊ दोस्रो दिनको यात्रामा नारिन्छ
यस्तै दिनचर्या छ गधाको ।

हिजोआज एक निमेष समय पाउँदा म सोच्छु
तर छुट्ट्याउनै सक्दिनँ खै त्यो गधा म हुँ
वा म त्यो गधा ।

रचनाकाल फागुन १०, २०७०

०००
साझा आकाश (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
दश हाइकु

दश हाइकु

तिला लेकाली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x