साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

कृत्रिम जिन्दगी गणितीय मापनले बाँचेकाहरू आफ्नो दैनिकी यान्त्रिक सन्तुलनले बाँचेकाहरू अरूलाई मारेर आफू मात्र बाँच्न खोज्छन् यहाँ अर्कैले जोगाइराखेको अक्सिजनले बाँचेकाहरू ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
छिद्रहरू जस्तासुकै होऊन्, धैर्यको धागाले सिउन नछोड
अमरत्वको अमृत पिउनेले जीवनको जहर पिउन नछोड
हामी त तन्नेरीबाट बुढा भयौँ, तन्नेरी बुढा होलान् नहोलान्‌
मर्नु त एक दिन छँदै छ तर मर्नुभन्दा पहिले जिउन नछोड ।

२.
कृत्रिम जिन्दगी गणितीय मापनले बाँचेकाहरू
आफ्नो दैनिकी यान्त्रिक सन्तुलनले बाँचेकाहरू
अरूलाई मारेर आफू मात्र बाँच्न खोज्छन् यहाँ
अर्कैले जोगाइराखेको अक्सिजनले बाँचेकाहरू ।

३.
सुयोग्य सन्तान जन्माउने उनीहरू महान् हुन्‌
जसले तिनको सम्मान गरेनन् ती नादान हुन्‌
बाआमालाई गाउँमै छोडेर आफू सहर पसेपछि
छोराले लेख्यो, ‘बाआमा त धर्तीका भगवान् हुन् ।’

४
अरूलाई माथि चढाउँछु भन्नु आफैँलाई लडाउनु हो
अरूको आगो निभाउन खोज्नु आफैँलाई जलाउनु हो
कसैले पनि कसैलाई सधैँभरि खुसी राख्न सक्दै सक्दैन
सबैलाई खुसी पार्छु भन्नु त आफैँलाई बलि चढाउनु हो ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x