साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म आधुनिक मान्छे

म अजम्बरी, जगत् जित्ने मान्छे मैले प्रकृतिलाई जितेको छु, काल जितेको छु चाहिन्न कसैका सहयोगका गुच्छाहरू मित्रताका भावनाहरू मलाई फगत पैसा भए पुग्छ, मात्र पैसा ।

Nepal Telecom ad

तिला लेकाली :

मलमूत्र मिश्रित दुर्गन्धित
आमाको गर्भवासको पीडा खप्दाखप्दा
कुनै कुकर्म नगर्ने सर्तसँगै सुकर्म गर्ने वाचा गर्छु
सांसारिक कुकर्ममा नभुल्ने कसम खाएर
धर्तीमा अवतरण गर्छु
जीवनको पूर्वार्द्धमा, पूर्ववाचाहरू ओकल्छु निःस्वार्थ
मायाममता र समान भावनाहरू बाँड्छु सबैमा
त्यसैमा हराउँछु आफू र अरूलाई पनि
निर्मल ती मनहरू, कञ्चन ती भावनाहरू
बिनासर्त भाग लगाउँछु, फगत प्रेमले ।

सङ्गतार्थ भूतहरूको
क्रमशः भुल्दै मन, वचन र कर्मका वाचाहरू
सांसारिक रङ्गमञ्चका सङ्गतिहरूबाट
बुन्छु कपट, लोभ र मोह जालहरू
व्यस्त रहन्छु सधैं डस्न काम र क्रोधहरूले
गगनभेदी मेरा भावनाहरू चुल्याउन लालायित म
उल्टोलाई सुल्टो बनाउँछु, कालोलाई सेतो बनाउँछु
आज म भीम बनेको छु।

शकुनिझै पासा खेलाएर हराउँछु पाण्डवहरूलाई
रावणझै नतमस्तक छु कुम्भकर्णझै चिरनिद्रामा छु
सधैं अभ्यस्त छु आफ्नो पौरुष प्रदर्शनीमै
दुख्दिँन आर्तका घाउ चहर्याउँदा उत्पीडन र गरिबीको भेल उर्लंदा
बरु हाँस्छु ती बुढा बाको ऱ्याल सिँगानयुक्त थोते मुख
र घुँडाका सिङ पलाएको देखेर ।

आज म सम्भ्रान्त बनेको छु कुनै खेद छैन मनमा
ऐश्वर्य प्राप्त भए, बेचिदिन्छु दिदी, बहिनी र आमाहरू
किनकि मैले महल ठड्याउनु छ
विश्व जित्ने अणु परमाणु बम बनाउनुछ
सयौं कौमार्य लुट्नु छ, सयौं बेसहारालाई थिच्नु छ
नत्र म कहाँ बन्छु आधुनिक मान्छे ?

म अजम्बरी, जगत् जित्ने मान्छे
मैले प्रकृतिलाई जितेको छु, काल जितेको छु
चाहिन्न कसैका सहयोगका गुच्छाहरू
मित्रताका भावनाहरू
मलाई फगत पैसा भए पुग्छ, मात्र पैसा ।

बिना आत्मग्लानि पचासौं वसन्त पार गरेंछु
आखिर सीमित भएँछु मृत्युशय्यामा
जीर्ण शरीरसँगै पल्टिरहेछु बाक्लो बिछ्यौनामा
बिल्कुल निद्रा पर्दैन ।

चौरासी व्यञ्जनमा छु, गाँस छिर्दैन
त्यो सुन्दर मांसपिण्ड हाडछालामा सीमित छ
जिब्राे आवाज ओकल्दैन
आँखाको ज्योति अस्ताइसकेको छ
मानव पिँजडामा सीमित छ शरीर
मैना भुरुर्र उड्न मात्र बाँकी छ
अझै मरेको छैन सांसारिक तृष्णा
बन्धुबान्धव आगमनको आशाको त्यान्द्रोसँगै
परेली टाँग्छु मूलद्वारतिरै र उठ्ने प्रयास गर्छु, फेरि विफल
मौकाको फाइदा उठाउँदै सफलता खित्त हाँस्छ
र हाँस्छन् चौरासी व्यञ्जन, हवेली, चोटाकोठाहरू
अब कति गर्न बाँकी छ, भनेर ?
झ्यालढोका सान्त्वना दिन्छन्, सबैको यस्तै हुन्छ भन्दै
तब म बिउँझन्छु यस आतुर घडीमा
काम, क्रोध, लोभ, मोह र पापलाई अग्निकुण्डमा होम्दै
आइन्दा आत्मालाई सत्कर्ममा लाउने प्रण गर्छु
तर शरीर जीर्ण भइसकेछ ।

०००
रचनाकाल : असार २२, २०६५
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x