पाँच खित्कौली
मेसेञ्जरमा संवाद- उर्मिलाः दिउँसो पनि गुड मर्निङ भन्ने हो त ? निर्मलाः त्यो मेसेज त मैले बिहानै पठाएको हो, बिसौनीमा धेरैबेर बस्यो होला !
अमर अधिकारी :
१.
बस चढ्नुअघि-
यात्रुः सिट त छ नि भाइ ?
सहचालकः सिट त छ खाली छैन।
२.
सम्बन्धविच्छेद दर्ता गर्न एक दम्पत्ति जिल्ला प्रशासन कार्यालयमा पुगेपछि-
अधिकृतः तपाईंहरूलाई सम्बन्धविच्छेद गर्नुपर्नाको कारण के पर्यो न ?
श्रीमान्ः उनले जहिले पनि अर्काको लोग्नेको प्रसंशा गर्ने भएर !
श्रीमतीः वहाँले पनि अर्काकी श्रीमतीको मात्र प्रसंशा गर्नुहुन्छ, त्यही भएर?
३.
मेसेञ्जरमा संवाद-
उर्मिलाः दिउँसो पनि गुड मर्निङ भन्ने हो त ?
निर्मलाः त्यो मेसेज त मैले बिहानै पठाएको हो, बिसौनीमा धेरैबेर बस्यो होला !
४.
वीरबलः कतातिर जान लाग्नु भयो सपरिवार ?
बलवीरः छेउँको घरमा ढलान गरिराछन्, जेनेटरको कानै खाने आवाजले घरमा बस्न नसकेर यसो घुम्नका लागि निस्केको नि !
५.
पाठकः लेखकज्यू, तपाईंको मोबाइल नम्बर टिप्छु, कलम दिनुस् त !
लेखकः मैले त कलम बोक्नै छाडेँ ।
पाठकः कलम नबोक्ने कसरी लेखक बन्नुभो त ?
लेखकः मोबाइलले गरिहाल्छ नि कलमको काम !
०००
बुढानीलकण्ठ, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest