साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

मेसेञ्जरमा संवाद- उर्मिलाः दिउँसो पनि गुड मर्निङ भन्ने हो त ? निर्मलाः त्यो मेसेज त मैले बिहानै पठाएको हो, बिसौनीमा धेरैबेर बस्यो होला !

Nepal Telecom ad

अमर अधिकारी :

१.
बस चढ्नुअघि-
यात्रुः सिट त छ नि भाइ ?
सहचालकः सिट त छ खाली छैन।

२.
सम्बन्धविच्छेद दर्ता गर्न एक दम्पत्ति जिल्ला प्रशासन कार्यालयमा पुगेपछि-
अधिकृतः तपाईंहरूलाई सम्बन्धविच्छेद गर्नुपर्नाको कारण के पर्‍यो न ?
श्रीमान्ः उनले जहिले पनि अर्काको लोग्नेको प्रसंशा गर्ने भएर !
श्रीमतीः वहाँले पनि अर्काकी श्रीमतीको मात्र प्रसंशा गर्नुहुन्छ, त्यही भएर?

३.
मेसेञ्जरमा संवाद-
उर्मिलाः दिउँसो पनि गुड मर्निङ भन्ने हो त ?
निर्मलाः त्यो मेसेज त मैले बिहानै पठाएको हो, बिसौनीमा धेरैबेर बस्यो होला !

४.
वीरबलः कतातिर जान लाग्नु भयो सपरिवार ?
बलवीरः छेउँको घरमा ढलान गरिराछन्, जेनेटरको कानै खाने आवाजले घरमा बस्न नसकेर यसो घुम्नका लागि निस्केको नि !

५.
पाठकः लेखकज्यू, तपाईंको मोबाइल नम्बर टिप्छु, कलम दिनुस् त !
लेखकः मैले त कलम बोक्नै छाडेँ ।
पाठकः कलम नबोक्ने कसरी लेखक बन्नुभो त ?
लेखकः मोबाइलले गरिहाल्छ नि कलमको काम !

०००
बुढानीलकण्ठ, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x