वासुदेव तिमल्सिनाचाइनिज माल
उसले सोध्यो, “नेपालका बस, ट्याक्सीहरू चैँ ढिलो चल्ने यो मिटर चैँ यति छिटो चल्ने हुन्छ ?” ड्राइभरले उत्तर दियो, “हजुर ! नेपालमा चल्ने गाडीहरू चैँ भारतमा बनेका हुन् तर यो मिटर चैँ चाइनामा बनेको हो नि ।”

बासुदेव तिमल्सिना :
“ल ट्याक्सी भाइ, मलाई सोल्टी होटल पुर्याइदेऊ ।” एउटा चाइनिज पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्केपछि एउटा ट्याक्सी ड्राइभरलाई भन्यो ।
पर्यटक ट्याक्सीमा बस्यो । बाटामा चाइनिजले ड्राइभरसँग नेपालका ट्याक्सीहरू कति ढिलो कुदेका भन्यो । चाइनामा त ट्याक्सीहरूले हावासँग कुरा गर्छन् । ड्राइभर चुप लागिरह्यो । फेरि चाइनिजले बस देख्यो । नेपालका बसहरू पनि कति ढिलो हिँडेका । चाइनामा त बस पनि अति छिटो कुद्छन् । ड्राइभर चुपै लागिरह्यो ।
गफ गर्दागर्दै होटल आइपुग्यो । चाइनिजले भाडा सोध्यो । ड्राइभरले मिटर हेर्यो र दश हजार भन्यो । चाइनिज खुब रिसायो ।
उसले सोध्यो, “नेपालका बस, ट्याक्सीहरू चैँ ढिलो चल्ने यो मिटर चैँ यति छिटो चल्ने हुन्छ ?”
ड्राइभरले उत्तर दियो, “हजुर ! नेपालमा चल्ने गाडीहरू चैँ भारतमा बनेका हुन् तर यो मिटर चैँ चाइनामा बनेको हो नि ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































