साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन्ने रहर

खुशी लाग्छ नेता भइँन व्यर्थ मान खोज्ने राम्रै विचार पुर्‍याएछु सरल जीवन रोज्ने । जे जस्तो छु सामान्य छु राम्रै टार्छु दिन छैन मलाई गाली खानु नेता झैं छिनछीन ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

कलेज पढ्दा नेता बन्ने
मैले रहर पालेँ
तर पछि मन बद्लियो
अनि अठोट फालेँ ।

अहिले लाग्छ राम्रै गरेँ
त्यो भारि नबोक्न
नत्र गाह्रो पर्ने रैछ
विकृतिलाई रोक्न ।

अहिले मलाई प्रष्ट बोल्न
सङ्कोच रहँदैन
नचाहिँदो वाचा दिने
पार्टीे करकाप छैन ।

पिर्के सलाम वास्ता छैन
कहीँ कतैबाट
न त मञ्च चढ्नु नै छ
छाता ओडाई साथ ।

खुशी लाग्छ नेता भइँन
व्यर्थ मान खोज्ने
राम्रै विचार पुर्‍याएछु
सरल जीवन रोज्ने ।

जे जस्तो छु सामान्य छु
राम्रै टार्छु दिन
छैन मलाई गाली खानु
नेता झैं छिनछीन ।

समाजले रुचाकै छ
राम्रै मित्र मान्न
यत्तिभए के पो खोज्नु
शान्त जीवन धान्न ? ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

वाह, कविजी!

Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x