साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उर्जा

यी हालतले ग्रसित जनता थिए खुव निराश अस्तव्यस्त भुँवरीेमा फेर्ने गर्थे सास बल्ल आछ परिवर्तन सुधारको नाममा आसा गरौं नयाँ उर्जा देखिन्छ कि काममा ? ॥

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैडेल :

हिजो हामी सुन्थ्यौं देख्थ्यौं
नेताज्यू बहाना
काम नगरि “गरें” भन्ने
अनेक तानावाना

पार्टी हुन्थे ठूलाबडा
भन्थे आफै राम्रो
आलोपालोमुखी थियो
राजनीति हाम्रो

स्वार्थ लिप्त थिए धेरै
गर्थे तेरो–मेरो
भागवण्डाको मन्त्र बोक्थे
सत्ता सेरोफेरो

सवै पार्टी भन्ने गर्थे
आफ्नै बलियो खेमा
सहमति जनाउँथे
लेनदेन मिल्छ जेमा

जनता बिच सपनाको
बाँडफाँड थियो लक्ष्य
झुठोे जस्‌्‌को प्रचारप्रसार
थ्यो उपलब्धि पक्ष

प्रतिपक्षी आक्कलझुक्कल
दिने गर्थे झड्को
सरकारमा जान पाउँदा
मारिहाल्थे फड्को

यी हालतले ग्रसित जनता
थिए खुव निराश
अस्तव्यस्त भुँवरीेमा
फेर्ने गर्थे सास

बल्ल आछ परिवर्तन
सुधारको नाममा
आसा गरौं नयाँ उर्जा
देखिन्छ कि काममा ? ॥
०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
3 months ago

…प्रतिपक्षी आक्कलझुक्कल
दिने गर्थे झड्को
सरकारमा जान पाउँदा
मारिहाल्थे फड्को… Wow

Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x