साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उचाइ

“सायद नेता,” उसले धीमे स्वरमा भन्यो, “त्यसपछि त अवसर आफैँ आउँदो रहेछ ।” काका केही बेर मौन रहे ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“काका ! म पढेर पनि किन बेरोजगार ?” युवकले मोबाइल झोलामा हाल्दै सोध्यो ।

दिउँसो चोकको पुरानो पीपलमुनि धुलो उडिरहेको थियो । सडकमा पोस्टर टाँस्नेहरूको भीड थियो, नाराका आवाजहरू हावामा तैरिरहेका थिए ।

काकाले युवकलाई ध्यानले हेरे । “पढाइ कम भयो कि अवसर ?”

“पढाइ त धेरै गरियो,” युवकले गुनासो पोख्यो, “तर जागिर भने पहुँचले पाउँदो रहेछ । मेहनत त मानौँ धुलोझैँ उड्छ ।”

पीपलका पातहरू हल्का हल्लिए, मानौँ समयले आफैँ केही भन्न खोजिरहेको हो ।

काका मुस्कुराए, “त्यसो भए तिमी के बन्ने सोच्दैछौ ?”
युवकले टाढा झुण्डिएका ब्यानरहरू हे¥यो, जहाँ ठूला अक्षरमा ‘परिवर्तन’ लेखिएको थियो ।

“सायद नेता,” उसले धीमे स्वरमा भन्यो, “त्यसपछि त अवसर आफैँ आउँदो रहेछ ।”
काका केही बेर मौन रहे ।

पछि गहिरो स्वरमा भने, “देशलाई नेता होइन, न्यायलाई रोज्ने नागरिक चाहिएको छ ।”

०००
२०८२/११/३०
कञ्चनरुप नगरपालिका, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x