साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

समयको दायित्वबोध हुन सके आस हुन्छ समय परिस्थितिजन्य तादम्यता खास हुन्छ शत्रुझै अपमानले गाल्दै थङ्थिलो पारेपछि, नीलडामको मालिस गर्दा पनि डर, त्रास हुन्छ ।

Nepal Telecom ad

इ. कुमार खड्का :

१.
हेर्दै त्रिपुरजस्ता लाग्ने महल उदीयमान छन्
हाम्रै श्रम पसिनाको आर्जन असमान छन्
भ्युटावर, गेट, सालिक असान्दर्भिक संरचनाहरू,
साधनस्रोत टाट पल्टाउने उनका फर्मान छन् ।

२.
बेमौसमी राग अलाप अराजक र जघन्य हुन्छ
प्रभु-कृपा जागेपछि भररातमै धन्य हुन्छ
आधिकारिक सौजन्य वा कतैको प्रायोजन हो ?
कुन ग्रह दाहिना भए पुरानो करार अनन्य हुन्छ ?

३.
चमत्कार नै भए पनि मान्छे भगवान् हुँदैन
उम्दो काममा लगानी गर्दै कोही धनवान् हुँदैन
संयोग र तजबिजलाई प्रारब्ध भन्लान् कसैले,
समयभन्दा ज्यादा कोही पनि बलवान् हुँदैन ।

४.
समयको दायित्वबोध हुन सके आस हुन्छ
समय परिस्थितिजन्य तादम्यता खास हुन्छ
शत्रुझै अपमानले गाल्दै थङ्थिलो पारेपछि,
नीलडामको मालिस गर्दा पनि डर, त्रास हुन्छ ।

०००
हालै प्रकाशित मुक्तकसङ्ग्रह ‘शीर्षकविहीन शीर्षकहरू’ बाट

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
3 months ago

धेरै धेरै धन्यवाद गुरु ! धन्यवाद फित्कौली !! आभारी भएँ 🙏

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x