साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोको

किनभने ऊ सरकारदेखि डराउँदैन नेता, पत्रकार र पुलिसदेखि डराउँदैन लाज सरम केही छैन कानुनको डर छैन ‘यो पशुको राज्य हो’ भन्दै हिँड्छ साला !

Nepal Telecom ad

डा. विप्लव ढकाल :

केही थाहा नपाए जस्तो गरेर
यताउता पल्याकपुलुक हेर्दै
महिला शौचालयभित्र पस्छ साला !
र भित्तामा
आफ्नै लिङ्गको चित्र बनाएर
चोरबिरालो झैँ
चुपचाप बाहिर निस्किन्छ !
यति साइको छ यो बोको !

संविधानसभाका पर्खालहरुमा
कि गल्र्स होस्टेलको
ढोकैमा गएर पिसाब फेरिदिन्छ !
‘धुम्रपान निषेध’ लेखिएको
ब्यानरमुनि बसेर
सुइँ सुइँ उडाइदिन्छ
धूवाँको चङ्ग !
कि जूवाघरमा हिँडेका
युवतीहरुलाई सिटी बजाउँछ
र ‘आइ लभ यु’ लेख्दै हिँड्छ
सडकको शिरमा !
यति विकृत छ साला !
आफैसँग हार्दा हार्दा
केही नलागेपछि
कि साप्ताहिक अखबारका युवतीहरुको
कागजको पेन्टी
र बिकिनी च्यातिदिन्छ
कि आफ्नै पेन्टको देब्रे खल्तीमा
सुटुक्क हात छिराउँछ
र खेलाउन थाल्छ जीवनको सिक्का !

तराईका मधिसेहरुलाई हप्काई हप्काई
सुनजस्ता सुन्तलाहरु खोसेर खाइदिन्छ !
कि पहाडका बाहुनहरुको टुपीमा
सुटुक्क झुन्ड्याइदिन्छ
कागजको पुच्छर !
कसैलाई छोडेन यसले
महिला, पुरुष वा समलिङ्गी भन्दैन !
कालो, गोरो वा रङ्गभेद विरोधी भन्दैन !
आदिवासी, जनजाति केही भन्दैन !
सरकार भन्दैन, विद्रोही भन्दैन !
कि हातमा एसिडको बोतल बोकेर
भर्याङको अन्तिम खुट्किलोमा बस्छ
र मिनिस्कर्ट लगाएर माथि उक्लिने
युवतीहरुलाई चिहाएर हेर्छ !
साला पागल !
कि हिउँमा मुती मुती
एउटै हरफमा लेखिदिन्छ—
आफ्नी भूतपूर्व प्रेमिका
र सरकारको नाम !
किनभने ऊ
सरकारदेखि डराउँदैन
नेता, पत्रकार
र पुलिसदेखि डराउँदैन
लाज सरम केही छैन
कानुनको डर छैन
‘यो पशुको राज्य हो’
भन्दै हिँड्छ साला !
सरकारलाई
‘जनावरको साथी’ भन्दै हिँड्छ !
कि खटिरै खटिरा भएको
कुनै रोगी भैँसीको मः मः खाएर
कि त कुनै युवाकविजस्ता
सहस्र झिँगाहरुले फुल पारेको
बासी पाउरोटी
र फिक्का चिया खाएर
ऊ आफूलाई मनपर्ने नारा लगाउन
बिहानै सडकमा उत्रिन्छ
र बेलुकी कुनै
सस्तो भट्टी पसलमा पसेर
पुराना चप्पल,
मोजा र सेफ्टीप्याडहरु
उसिनेर बनाएको लोकल रक्सी पिएर
गड्यौलाझैँ घस्रिँदै
घरमा फर्किन्छ
र देश जस्ती आमालाई पिट्न थाल्छ !
साला !
युगौँदेखि यो बोकाले
यसरी नै रुवाएको छ इतिहासलाई !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x