साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली

लाग्दैन मस्त निदरी जिउ भो खटेरो । बोल्यो कि दिक्क घरका किन छन् अँधेरो । चढ्ने र ओर्लनु सधैँ कति खुड्किलामा । ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

थारो न छन् न दुहुनो खिर खान खोज्छ ।
जाडो भए अनलछेउ सिरान रोज्छ ।
गर्मी हुँदा बदन शीतल ठाउँ रोज्छ ।
बूढो शरीर किन हो निहुँ मात्र खोज्छ ॥

डाँको ठुलो छ मुखमा घरमा करायो ।
बूढाबूढीबिच सधैँ झगडा गरायो ।
मेरा कुरातिर न सन्तति ध्यान दिन्छन् ।
बूढो शरीर किन हो शव झैँ बनायो ॥

बस्दैन बालक युवा किन छेउ आई ।
कस्तो छ ज्यान अहिले न त सोध्छ धाई ।
बूढो भयो दिनदिनै घरकै पराई ।
कस्तो अचम्म ननिको किन हो मलाई ॥

लाग्दैन मस्त निदरी जिउ भो खटेरो ।
बोल्यो कि दिक्क घरका किन छन् अँधेरो ।
चढ्ने र ओर्लनु सधैँ कति खुड्किलामा ।
ती मान्यता बदर छन् दुइ चुट्किलामा ॥

यो जिन्दगी सहज छैन हरेक ठाउँ ।
पोल्दैछ भित्र मुटुमाझ गढेर घाउ ।
पालो घुमेर सबको पछि आउने हो ।
मेटेर मेट्न नहुने बुझ जिन्दगी यो ॥

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x