साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शत्रु चिनौँ

तम्तयारी छ है साथी जनता नै लडाउँने शत्रुलाई चिनौँ साथी भाइ भाइ भिडाउँने । विना सिद्धान्तको बाटो अँध्यारो हुन्छ आखिर चिनौँ है पहिलो शत्रु हामीलाई लडाउँने ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

लाखौं छन् छवि सप्रेका अरूले परिचालित
तिनै गोटी बनेका छन् पार्छन् देश विभाजित ।

बङ्गलादेश पारेर आफ्नो दुनु मिलाउने
अनेकौं रूपका मान्छे सिद्धि आफ्नो गराउने ।

नयाँ विद्रोह ल्याएर नेपाल परनिर्भर-
पार्न तयार गर्दैछन् बिकेका तुच्छ तस्कर

अप्नाऊँ होशियारी है नेपाल लुप्त पार्दछन्
जनता जनता भन्दै सोझालाई भिडाउँछन् ।

विद्रोह चाह राखेर आउँदै आउँदै न त
विना सिद्धान्तको मान्छे हुँदैन चेतना अतः ।

उक्साहट कतैबाट बिगारौँ कसरी घर
छद्मभेष गरी आए विदेशी तुच्छ नोकर ।

छद्म विद्रोह धेरै भो आफन्तमा लडाउन
अब ता त्यसरी हुन्न त्यो उपयुक्त होइन ।

चिनौँ है शत्रुको हात छाम्दा लाग्छ मुलायम
जनता पछि पारेर चल्दैन उसको दम ।

अनेकौं बहाना गर्छन् भ्रष्टाचार हटाउन
भ्रष्टाचारी तिनै आफू पर्दा पछाडि छन् किन !?

बोलेर मात्र टार्दैछन् अनेक पातकीहरू
रोगी देश बनाएर मार्दैछन् दौँतरी अरू ।

न्याय समाप्त पारेर मतियार बढाउने
सेना समाप्त पारेर हतियार बनाउने ।

थोत्रो गाडी चलाएर यात्रा गर्न लगाउने
सतर्क नबने देखि देश आगो लगाउने ।

तम्तयारी छ है साथी जनता नै लडाउँने
शत्रुलाई चिनौँ साथी भाइ भाइ भिडाउँने ।

विना सिद्धान्तको बाटो अँध्यारो हुन्छ आखिर
चिनौँ है पहिलो शत्रु हामीलाई लडाउँने ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x