सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शत्रु चिनौँ

तम्तयारी छ है साथी जनता नै लडाउँने शत्रुलाई चिनौँ साथी भाइ भाइ भिडाउँने । विना सिद्धान्तको बाटो अँध्यारो हुन्छ आखिर चिनौँ है पहिलो शत्रु हामीलाई लडाउँने ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

लाखौं छन् छवि सप्रेका अरूले परिचालित
तिनै गोटी बनेका छन् पार्छन् देश विभाजित ।

बङ्गलादेश पारेर आफ्नो दुनु मिलाउने
अनेकौं रूपका मान्छे सिद्धि आफ्नो गराउने ।

नयाँ विद्रोह ल्याएर नेपाल परनिर्भर-
पार्न तयार गर्दैछन् बिकेका तुच्छ तस्कर

अप्नाऊँ होशियारी है नेपाल लुप्त पार्दछन्
जनता जनता भन्दै सोझालाई भिडाउँछन् ।

विद्रोह चाह राखेर आउँदै आउँदै न त
विना सिद्धान्तको मान्छे हुँदैन चेतना अतः ।

उक्साहट कतैबाट बिगारौँ कसरी घर
छद्मभेष गरी आए विदेशी तुच्छ नोकर ।

छद्म विद्रोह धेरै भो आफन्तमा लडाउन
अब ता त्यसरी हुन्न त्यो उपयुक्त होइन ।

चिनौँ है शत्रुको हात छाम्दा लाग्छ मुलायम
जनता पछि पारेर चल्दैन उसको दम ।

अनेकौं बहाना गर्छन् भ्रष्टाचार हटाउन
भ्रष्टाचारी तिनै आफू पर्दा पछाडि छन् किन !?

बोलेर मात्र टार्दैछन् अनेक पातकीहरू
रोगी देश बनाएर मार्दैछन् दौँतरी अरू ।

न्याय समाप्त पारेर मतियार बढाउने
सेना समाप्त पारेर हतियार बनाउने ।

थोत्रो गाडी चलाएर यात्रा गर्न लगाउने
सतर्क नबने देखि देश आगो लगाउने ।

तम्तयारी छ है साथी जनता नै लडाउँने
शत्रुलाई चिनौँ साथी भाइ भाइ भिडाउँने ।

विना सिद्धान्तको बाटो अँध्यारो हुन्छ आखिर
चिनौँ है पहिलो शत्रु हामीलाई लडाउँने ।

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
तर खाने

तर खाने

भगवतीप्रसाद शर्मा
यिनै शब्दमा रमाएँ

यिनै शब्दमा रमाएँ

भगवतीप्रसाद शर्मा
रोगको नाम के होला ?

रोगको नाम के होला...

गायत्री परिरोशनी
झोले

झोले

फित्काैली डटकम
…त्यसपछि के भयो ?

…त्यसपछि के भयो ?

राजेन्द्रप्रसाद अधिकारी
खन्चुवा

खन्चुवा

डिल्लीप्रसाद मूलतिहुन
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
हाय पैसा !

हाय पैसा !

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x