वासुदेव तिमल्सिनाअल्पज्ञान
तपाईं अब प्लेन उडाउन पारङ्गत हुनुभयो । यदि तपाईं प्लेनलाई जमिनमा कसरी उतार्ने भन्ने जान्न चाहनुहुन्छ भने नजिकको कुनै किताब दोकानमा गएर यो किताबको भाग दुई किनेर पढ्नुहोला ।

बासुदेव तिमल्सिना :
“मात्र एक दिनमा प्लेन उडाउन कसरी सिक्ने ?” यस्तो नाम भएको किताब ककपिटको सफाइ गर्दागर्दै प्लेनको सफाइ गर्ने मानिसले फेला पार्यो । उसको सानैदेखि प्लेन उडाउने रहर थियो तर थियो सफाइ कर्मचारी । आज ऊ आफ्नो मनकाङ्क्षा पूरा हुने खुशीले झुम्न थाल्यो । प्लेनमा अरु कोही थिएनन् ।
उसले किताबको पहिलो पाना खोल्यो । लेखिएको थियो, “इन्जिन स्टार्ट गर्नलाई रातो बटन थिच्नुहोस् ।”
बटन थिच्यो । नभन्दै प्लेन स्टार्ट भयो । अर्को पाना पल्टायो । “प्लेन चलाउन नीलो बटन दबाउनुहोस् ।” दबायो । प्लेन गुड्न थाल्यो । गति तेज हुँदै गयो । अर्को पानो पल्टायो । त्यसमा थियो, “प्लेन उडाउन हरियो बटन थिच्नुहोस् ।” उसले त्यसै गर्यो । प्लेन उड्यो । सफाइकर्मी खुब रमायो । उसले एक घण्टा जति आकासमा प्लेनको मजा लियो । अब उसलाई पुनः धर्तीमा फर्किनु थियो । उसले फेरि अर्को पाना पल्टायो ।
त्यो पानामा यस्तो भेटियो, “तपाईं अब प्लेन उडाउन पारङ्गत हुनुभयो । यदि तपाईं प्लेनलाई जमिनमा कसरी उतार्ने भन्ने जान्न चाहनुहुन्छ भने नजिकको कुनै किताब दोकानमा गएर यो किताबको भाग दुई किनेर पढ्नुहोला ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest





































