साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जानकारी (१)

पर्दाले छोपिएका, विषय र घटना, देखिने बन्नुहुन्न आँखाले देखिएका, अनुभव नगरी, त्यत्तिकै बोल्नुहुन्न । खोलामा टाँगिएका, तुइन पुल सबै, दर्नुपर्थ्यो बिमामा बोझा छन् लादिएका, श्रमिकसरि गधा, खस्न थाले नदीमा ॥

Nepal Telecom ad

हृषीकेश बराल :

खोलामा मिल्किएका, बगरसरि शिला, मूर्ति बन्छन् कुँदेमा
बाढीमा तैरिएका, कम असल मुढा, द्रव्य दिन्छन् कुँदेमा ।
बाटामा फ्याँकिएका, चलन रहितका, वस्तु मोहोर बन्छन्
डाँडामा हुर्किएका, विविध तरु जरा, ओखती बन्न सक्छन् ॥१

चिन्ताले आत्तिएका, विरत विरहिणी, आँसुमा पौडिनेछन्
व्याधाले खेदिएका, मृग विहग सबै, त्रासले दौडिनेछन् ।
कर्जाले अँट्ठिएका, व्यथित सब ऋणी, छैन उत्साह भन्छन्
आफ्नैले हेपिएका, जति पनि जन छन्, नित्य आतप्त बन्छन् ॥२

देखेका लेखिएका, अनुभव गरिने, बात विद्वान् सुनाऊन्
जानेका भोगिएका, विगत समयका, सत्य वाणी बताऊन् ।
ढोकामा राखिएका, कुकुरसित मिठो, बोलिए मित्र बन्छन्
गल्लीमा छाडिएका, जतन रहित गौ, पालिए दूध दिन्छन् ॥३

जिभ्राले खोजिएका, तनसित नहुने, खाद्यले रोग लाग्छ
आत्मामा रोजिएका, अदन अगतिला, खाइए रोग डाक्छ ।
देखेरै डाकिएका, अघिपछि नचिने, भोजमा जानुहुन्न
वर्षामा उम्रिएका,जहरसरि ढुसी,च्याउ ती खानुहुन्न ॥४

पर्दाले छोपिएका, विषय र घटना, देखिने बन्नुहुन्न
आँखाले देखिएका, अनुभव नगरी, त्यत्तिकै बोल्नुहुन्न ।
खोलामा टाँगिएका, तुइन पुल सबै, दर्नुपर्थ्यो बिमामा
बोझा छन् लादिएका, श्रमिकसरि गधा, खस्न थाले नदीमा ॥५

स्वार्थी हुन् जानिएका, मनुज यदि कतै, भेटिए त्याग्नुपर्छ
बोलीमा चिप्लिएमा, हृदय र मुखले, माफ होस् भन्नुपर्छ ।
पैसामा लोभिएका, कुजन जति हऊन्, भ्रष्ट आचार गर्छन्
सामन्ती मानिएका, जन पनि कहिले, ज्ञानले सुध्रिनेछन् ॥६

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x