साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको अवस्था

वृद्धको भयो, दाइजो घर सत्य बोल्नु के, लाग्छ यो डर ॥ बोल्दछन् कुनै, व्यर्थका कुरा पुग्दछन् सुती, उच्च टाकुरा । मानियो झिँजो, सुन्नु के अब लाग्दछन् तिनै, जान रौरव ॥

Nepal Telecom ad

हृषीकेश बराल :

देव भूमिमा, दैत्य सल्किए
तीर्थ मासिए, भूत पल्किए ।
पुत्र बेच्तछन्, द्रव्य माग्दछन्
मूल्य लासको, खान थाल्दछन् ॥१

कर्मशील हुन्, देशका युवा
राज्य देखियो, बैंस बेचुवा ।
रोजगार खै, छैन देशमा
देश लुट्तछन्, साधु भेषमा ॥२

देशभक्तिको, भाव सिद्धियो
राष्ट्रभक्तिमैं, दुर्दशा भयो ।
सप्रिदैन खै, भ्रष्टको मति
आय राज्यको, सिद्धियो अति ॥३

खान माग्छ जो, मृत्यु पाउँछ
सम्झिँदा दशा, आँसु आउँछ ।
वृद्धको भयो, दाइजो घर
सत्य बोल्नु के, लाग्छ यो डर ॥४

बोल्दछन् कुनै, व्यर्थका कुरा
पुग्दछन् सुती, उच्च टाकुरा ।
मानियो झिँजो, सुन्नु के अब
लाग्दछन् तिनै, जान रौरव ॥५

अस्मिता बँचोस्, देशको भनौँ
धूर्तता घटोस्, भ्रष्टको भनौँ ।
राष्ट्रभक्तिको, प्रार्थना गरौँ
मातृभूमिको, काखमा मरौँ ॥६

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x