साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१९)

माताका दिलमा सदा प्रिय कथा सन्तानको बन्दछ राम्रा ज्ञान र उच्च मान सजियून् सद्भावले भन्दछ । साँच्चै दुष्ट समाज बन्छ सकियो त्यो मानवी भावना यस्तो कल्मष बन्द होस् अब गरौँ यो कामना कामना ॥

Nepal Telecom ad

हेम अधिकारी :

के के खान्छ बिहोस आउँछ सधैँ धम्क्याउने काम छ
बाआमा सब रित्तिए गलित छन् आँसु सधैँ आउँछ ।
टाढा जान्छ निहारिका नजरले देख्तैन त्यो सुन्दर
छोरा दुष्ट भए, छ दुच्छर बधू भो जीवनी बन्जर ॥५॥

आमाको रति याद हुन्न त भने छोरो कुलाङ्गार भो
आमा हूँ म भनी बधू नबुझने आफैँ अरिङ्गाल हो ।
आमाको दिल दुख्छ त्यो रज सधैँ बुझ्दैन पीडा तर
आमा आहत छिन् बुझेन मन त्यो, रुन्छिन् सधैँ धर्धर ॥६॥

माताका दिलमा सदा प्रिय कथा सन्तानको बन्दछ
राम्रा ज्ञान र उच्च मान सजियून् सद्भावले भन्दछ ।
साँच्चै दुष्ट समाज बन्छ सकियो त्यो मानवी भावना
यस्तो कल्मष बन्द होस् अब गरौँ यो कामना कामना ॥७॥

बाको हर्ष रहेन रत्ति अबता छोरो सहारा भनी
आमाको दिल फुट्छ शब्द नपुगी रुन्छिन् धरा धर्धरी ।
सारै थिल्थिल भो समाज अब लौ छैनन् प्रिया रोशनी
पीडा भित्र कथा – व्यथा हुनगयो टुट्तैछ माया पनि।८॥
क्रमशः

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x