साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन यस्तो भने ?

थुप्रै हण्डर कष्टले युग नयाँ ल्याऊँ भनेको थिएँ पाएँ शून्य छ हातमा त अहिले रित्तै भएँ जिल्लिएँ । भन्छन् गाँस कपास बास नभए भोकै र नाङ्गै जिऊ छाडेको हतियार यो अब पुनः राँको लिई निस्किऊ ॥

Nepal Telecom ad

हृषीकेश बराल :

कालो रात हुँदा निशाचर बढे भन्ने सुनेको थिएँ
अत्याचार गरे लुटेर ढुकुटी सुन्दा त्यसै तर्सिएँ ।
चिर्दा रात उदाउला दिन भनी विश्वास मान्दो भएँ
सुन्नासाथ उठ्यो कडा रिस ममा राँको लिई निस्किएँ ॥१

गाली गर्नुपर्‍यो भने सडकमा नारा लगाएँ कति
मुर्दावाद भनेँ लिएर खुकुरी आवेग निस्क्यो अति ।
यस्ता दुर्दिन चाहिँदैन रटियो साँच्चै बुझेँ बम्किएँ
पर्चा बाँड्न खटेँ निशा समयमा राँको लिई निस्किएँ ॥२

भित्ते लेखनमा सदैव खटिएँ आदेश जस्तो भयो
आफ्नै काम भनी बुझेर गरियो उत्पात मच्चाइयो ।
ढुङ्गा हान्न परे सधैं अघि बढेँ क्रोधाग्निले जङ्गिएँ
जाग्नैपर्छ युवा छिटो जब सुनेँ राँको लिई निस्किएँ ॥३

पर्चा पोस्टर छाप्न टाँस्न हिँडियो बिर्सेर आफ्नो घर
खोसौँ न्याय भनी लडेँ जब भुलेँ मर्ने कुराको डर ।
हाम्रा मूर्ति सबै विदेश लगियो भन्थे सुनी जङ्गिएँ
रक्षा गर्नुपर्‍यो धरोहर भनी राँको लिई निस्किएँ ॥४

बोकेँ बन्दुक युद्ध गर्न कहिले बाँधेर कात्रो शिर
गल्छी पर्वत खोंच जङ्गल डुलेँ लुक्तै अँध्यारातिर ।
साथीका कति अङ्ग भङ्ग गरिए कैयौं त्यसै मारिए
अत्याचार सहेर बस्न नसकी राँको लिई निस्किएँ ॥५

थुप्रै हण्डर कष्टले युग नयाँ ल्याऊँ भनेको थिएँ
पाएँ शून्य छ हातमा त अहिले रित्तै भएँ जिल्लिएँ ।
भन्छन् गाँस कपास बास नभए भोकै र नाङ्गै जिऊ
छाडेको हतियार यो अब पुनः राँको लिई निस्किऊ ॥६

छैनन् उद्यमशीलता किनभने उद्योग बेची निले
हड्डी रक्त नसा शिरा मुटु फियो चुस्ता विपक्षी मिले ।
के नौलो जनवाद आउँछ भनी आशा गरी जिस्किऊँ
अर्को क्रान्ति चलाउने प्रण गरी राँको लिई निस्किऊँ ॥७

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
हाँसो

हाँसो

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x