साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसो

सारा जीव जगत् खोज्छन् स्नेह सद्भाव दैनिक किन्नु पर्दैन मुस्कान यो हो सम्पत्ति दैहिक ॥१ वैद्य डाक्टरले रोगी मुस्काई जाँच्नुपर्दछ कवि लेखक शास्त्रज्ञ हाँसेरै बोल्नुपर्दछ ॥

Nepal Telecom ad

हृषीकेश बराल :

सेमा रोग नासिन्छन् सित्तैमा ओखती मिल्यो
हाँस्न जान्ने बढी बाँच्छन् यमले आउनै भुल्यो ॥१

आँत खोलेर हाँस्नाले देख्ने सारा रमाउँछन्
देख्नेले मन्द मुस्कान गर्न सक्छन् खुशाउँछन् ॥२

बेस्सरी हाँस्न जान्नेले वैरीलाई रिझाउँछन्
तन इन्द्रिय आत्माले व्यथा चिन्ता भुलाउँछन् ॥३

हाँस्न जान्नेहरू मात्रै सकारात्मक सोच्तछन्
तिनैले मनको मैलो नकारात्मक भुल्दछन् ॥ ४

हाँसो पर्याय जस्तै हो खुशी आनन्द ल्याउने
भित्रैदेखि सधैं हाँसे लागेका रोग नासिने ॥५

तनको गहना हाँसो उज्यालो चेहरा हुने
यही ऐश्वर्य हो हाम्रो अँध्यारोपन नासिने ॥६

हास्योत्पादन जे जे छन् सम्झेरै हाँस्नुपर्दछ
नराम्रा भाव बिर्सेर बिहानै हर्ष मान्नु छ ॥७

हत्या हिंसा मनोरोग हाँस्नाले नास्न सक्तछ
झगडा द्वन्द्व सम्पूणर् हाँसाले नै भुलाउँछ ॥८

योगमा यसको व्याख्या गरेका छन् पतञ्जलि
हास्यासन भनी एक लेखियो शास्त्रमा पनि ॥९

आयुर्वेदिक आचार्य वैद्यनाथ हँसाउँछन्
ओखती रूपमा हाँसो निकालौँ भन्न लाउँछन् ॥१०

हाँस्नाले तनका तन्तु तन्किँदै वेदना भुले
मन मस्तिष्क साराले दीर्घजीवी सदा गरे ॥११

गर्दा उद्घोष प्रस्तोता मुस्काई गर्नुपर्दछ
बिर्सेमा हँसिलो मुद्रा सभाको ओज घट्तछ ॥१२

नौला मान्छेहरू देख्ता हाँसेरै बोल्नुपर्दछ
ऋण लाग्दैन यस्तामा सबैले जान्नुपर्दछ ॥१३

रिसाई बोल्न थालेमा सबै आफन्त टाढिए
मुस्काई बोल्न जानेमा वैरी सारा रिझाइए ॥१४

क्रोधीले रोग डाक्ने छ हाँस्ने दीर्घायु पाउँछ
रोगी दीर्घायु के छान्ने आफैले जान्नुपर्दछ ॥१५

सारा जीव जगत् खोज्छन् स्नेह सद्भाव दैनिक
किन्नु पर्दैन मुस्कान यो हो सम्पत्ति दैहिक ॥१६

वैद्य डाक्टरले रोगी मुस्काई जाँच्नुपर्दछ
कवि लेखक शास्त्रज्ञ हाँसेरै बोल्नुपर्दछ ॥१७

मुस्काऊन् कर्मचारी वा प्राध्यापक र शिक्षक
प्रहरी ज्योतिषी विद्वान् व्यापारी अनि सैनिक ॥१८

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x